माओवादीले गरेको १० बर्षे जनयुद्धको स्मरणमा विविध कार्यक्रम गरिदैं, प्रधानमन्त्री अनुपस्थित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

माओवादीले गरेको १० बर्षे जनयुद्धको स्मरणमा विविध कार्यक्रम गरिदैं, प्रधानमन्त्री अनुपस्थित

prachanda-dahal

काठमाडौं, १ फागुन । तत्कालिन माओवादीले गरेको जनयुद्धको स्मरणमा नेपाल कम्यूनिष्ट पार्टी नेकपा लगायतका कम्यूनिष्ट पार्टीहरुले आज जनयुद्ध दिवस मनाई रहेका छन् ।

तत्कालिन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले फागुन १ गते जनयुद्ध दिवसका रुपमा स्मरण गरेको छ । त्यसैगरी तत्कालिन नेकपा माओवा केन्द्रबाट अलग्गिएका मोहन बैद्य नेतृत्वको पार्टी र नेत्रबिक्रम चन्द्र नेतृत्वको पार्टीले पनि आज जनयुद्ध दिवस मनाउदै छन् । नेकपाको केन्द्रीय पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष पुष्पकमल दाहाल सहित अन्य शीर्ष नेताको उपस्थितिमा जनयुद्ध दिवस मनाइएको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली भने कार्यक्रममा अनुपस्थित रहेका थिए ।

२०५२ साल फागुन १ गते देखि सुरु भएको १० वर्षे जनयुद्धको स्मरणमा माओवादीहरुले त्यस दिनलाई जनयुद्ध दिवसका रुपमा मनाउने गरेका छन् । तत्कालिन नेकपा (माओवादी) ले २०५२ फागुन १ गते रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमा एकैसाथ हमला गरी सशस्त्र युद्धको सुरुवात गरेको थियो । त्यसपछि १० वर्षसम्म निरन्तर चलेको माओवादी जनयुद्धमा १७ हजारभन्दा बढीले ज्यान गुमाए भने हजारौँ घाइते र बेपत्ता भए ।

२०६३ मंसिर ५ मा तत्कालिन माओवादी र सरकारबीच बृहत शान्ति सम्झौता गरी औपचारिक रुपमा सशस्त्र युद्धको अन्त्य भएको घोषणा गरे सँगै माओवादी शान्ति प्रक्रियामा आएको थियो । एक दशक सशस्त्र युद्धमा बिताएको माओवादीले १२ वर्ष शान्ति प्रक्रियामा पनि बिताइ सकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);