कप्तान पारस खड्का आइसीसी बरियताको ४० औं स्थानमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

कप्तान पारस खड्का आइसीसी बरियताको ४० औं स्थानमा

parash-khadka

काठमाडौं, २८ माघ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले टी–२० को अलराउण्डरमा ४० औं स्थानमा उक्लिएका छन् । आईसीसीले सोमवार सार्वजनिक गरेको वरियतामा पारस ७६ रेटिङका साथ उनी ४०औं स्थानमा पुगेका हुन् ।

यूएईविरुद्धको सिरिज जिते पछि पारसको रेटिङ प्वाइन्ट बढेको हो । यस्तै उनी ब्याट्सम्यान तर्फ ३ सय ५ अंकका साथ ९० औं स्थानमा रहेका छन् । यसअघि उनी अलराउण्डर तर्फ ४३ र ब्याट्सम्यान तर्फ ९३ औं स्थानमा थिए ।

यस्तै नेपाली बलर सोमपाल कामी टी–२० तर्फ अलराउण्डमा ५१ औं स्थानमा छन् । यसअघि उनी ६४औं स्थानमा थिए । टी–२० बलरको वरियतामा सोमपाल ७० तथा बसन्त रेग्मी ७१औं स्थानमा छन् ।

बलिङ तर्फ यसअघि सोमपाल ९४औं स्थानमा थिए । सन्दीप लामिछाने बलिङ तर्फ ३६ स्थान सुधार गर्दै १सय ५९ औं स्थानमा रहेका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);