अमेरिकामा नेपाली ट्याक्सी चालक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

अमेरिकामा नेपाली ट्याक्सी चालक

america ma taxi chalak

काठमाडौं, १९ माघ । चितवनका लक्ष्मण वाग्लेको सपना थियो अमेरिकामा ट्याक्सी गुडाउने। अमेरिका आइपुगेको केही वर्षमा उनले त्यो सपना पूरा गरे। अन्य कामभन्दा बढी कमाइ पनि हुने अनि आफ्नोेअनुकूल पनि गर्न पाइने। यही आधार बनाएर लक्ष्मणले ट्याक्सी चलाउने सपना देखे। त्यसैले त भन्छन्, ‘स्टोरमा घन्टा हान्नुभन्दा ट्याक्सी चलाउनुको मज्जै बेग्लै छ।’

सुरुका दिनमा बढीमा चार सय डलरसम्म कमाए। हप्तामा एक दिन बिदा बस्दा पनि खर्च कटाएर मासिक पाँच हजार डलर कमाए। त्यो भनेको नेपाली रुपैैयाँमा हेर्दा पाँच लाखभन्दा बढी। त्यसैले नै उनी पेसामा पूर्ण सन्तुष्ट छन्। अहिले खर्च कटाएर वार्षिक ७० हजार डलरबराबर बचत हुने बताउँछन् उनी।

नेपालीले अमेरिकामा ट्याक्सी चलाएर गज्जब कमाइ गर्छन् भन्ने उदाहरण हुन् लक्ष्मण। रहर, बाध्यता, आवश्यकता वा अन्य कारणले अमेरिका आइपुगेका नेपालीले गर्ने अन्य कामभन्दा ट्याक्सी चलाएर बढी कमाउने गरेको पाइन्छ। त्यसैले न्युयोर्कलगायत अन्य राज्यमा रहेका नेपालीले ट्याक्सी चलाउने कर्मलाई मुख्य पेसा बनाउने गरेका छन्। कारण थुप्रै छन्– आफूअनुकूलको समयमा काम गर्न पाइने। कमाएको पैसा उतिबेलै आफ्नो बैंक खातामा हाल्न पाइने, परिवार भएमा आफ्ना नानीबाबुलाई विद्यालय पुर्‍याउन पाइने। घरमा कोही बिरामी भएमा वा अन्य अत्यावश्यक काम परेमा तत्काल काम बन्द गरेर परिवारलाई समय दिन पाइने।

महिनामा मेहनत गर्न सकेमा पाँच हजार डलर बचत गर्नु चानचुने होइन्। पचास हजार डलरबराबरको लगानीमा एउटा ग्यास स्टेसन चलाउने मालिकले बराबर ट्याक्सी चालकले कमाइ गर्ने गरेको पाइन्छ। स्टोरको भाडा तिरेर, काम गर्ने कामदारका लागि ज्याला तिरेर अनि आफ्नो लगानी हेर्ने हो भने पनि ग्यास स्टेसनको मालिकले पाँच हजार डलर बचत गर्दैन। त्यसैले परिवार भएका र आफूअनुकूल काम गर्न मन पराउने नेपालीले यो पेसा अँगाल्ने गरेका छन्।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);