मोबाइलको सहायताले घरका सबै स्वीच नियन्त्रण गर्न सक्ने प्रविधिको विकास | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

मोबाइलको सहायताले घरका सबै स्वीच नियन्त्रण गर्न सक्ने प्रविधिको विकास

बटुक नाथ झा

धनुषा, १७ माघ । नेपालमा इन्जिनियरिङका विद्यार्थीहरुले विभिन्न यन्त्रहरु तथा प्रविधिहरु विकास गरेको समाचारहरु सञ्चारमाध्यमहरुमा धमाधम आइरहेका छन् । इन्जिनियरिङमा स्नातक गर्दै गरेका जनकपुरधामका एक विद्यार्थीले मोबाइलको सहायताले घरको सबै स्वीचलाई नियन्त्रण गर्न सकिने प्रविधिको विकास गरेका छन् ।

भारतको कुरुक्षेत्र विश्व विद्यालयमा मेकानिकल इन्जिनियरिङको तेस्रो वर्षमा अध्ययनरत दिपक साहले सोही विश्वबिद्यालयमा पहिलो बर्षमा अध्ययनरत साथी राहुल पटेलसँग मिलेर सो एप बनाएका हुन् ।

यो एप बनाउनका लागि डिले बोर्ड लगाउनु पर्छ, जसमा ट्रान्जिस्टर जडान गरिएको हुन्छ, बोर्ड एमसीयुको आवश्यक्ता पर्छ । दिपकका अनुसार यो एप मार्फत् बाहिर रहेर पनि आफ्ना घर तथा कार्यालयका विद्युतीय उपकरणहरुलाई सुचारु तथा बन्द गर्न सकिने छ ।

दिपकले यो एप बनाउनका लागि डिले बोर्ड आफै बनाए भने बोर्ड एमसियु बजारबाट किनेर प्रयोग गरेका हुन् । यो एपको विकास गर्नका लागि सबैभन्दा पहिले प्ले स्टोरबाट ब्लिंक एप डाउनलोड गरेर त्यसमा प्रोग्रामिंङ गरी आफ्नै आइपीका लागि आइएफटिटि डट कममा प्रोग्रामिङ गर्नु पर्दछ । प्रोग्रामिङ गरेपछि गुगलले निर्देशन गरे अनुसार काम गर्दछ । यो एप बनाउनका लागि उपकरण अनुसार लागत बढ्दै जान्छ ।

दिपक साह र राहुल पटेलले नेपालमा पनि प्रतिभाको कमी नभएको उदाहरण बनेर देखाएका छन् । अवसर पाए नेपाली युवाले गरेर देखाउन सक्छन भन्ने यो पनि एउटा गतिलो उदाहरण हो । राज्यले सबै प्रदेशमा विद्यार्थीलाई प्रविधि र अध्ययनमा अवसर उपलव्ध गराउन सके अरु धेरै प्रतिभाहरु बाहिर आउन सक्नेछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);