यसरी लाग्छ मधुमेह, यसबाट बच्न डा. योञ्जनले दिए यस्ता सुझाव (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

यसरी लाग्छ मधुमेह, यसबाट बच्न डा. योञ्जनले दिए यस्ता सुझाव (भिडियोसहित)

diabetic

काठमाडौं, १४ माघ । दिर्घ रोगको रुपमा परिचित रहेको यो मधुमेह रोगको उचित व्यवस्था गर्न सकेमा यसको नियन्त्रण र व्यवस्थापनमा गर्न सकेमा अन्य स्वास्थ्य समस्याबाट बच्न सकिन्छ । विशेषगरि मधुमेहको नियन्त्रणमा दैनिक खाने खानाले प्रभाव पारेको हुन्छ । दैनिक भोजन सन्तुलित राख्न सकेमा रगतमा चिनिको परिमाण गर्न सकिन्छ । मधुमेह भईसकेपछि विरामीले खान पानमा उचित ध्यान दिनु पर्दछ । चिकित्सकले दिएको खानाको तालिका अनुसार पनि खाद्यपदार्थको छनोट गरिन्छ । अहिलेसम्म वास्तविक उपचार पत्ता लगाईसकेको छैन । यस मधुमेह रोगलाई मानिसहरु जति सामान्य रुपमा हेरिन्छ यो रोग त्यति नै जटिल पनि छ । रगतमा चिनीको मात्र बढि भए पछि हुने चिनी रोग तथ मधुमेह एकदमै जटिल हुने गर्दछ ।

दिर्घकालिन रोगको रुपमा परिचित रोग हो चिनी, मधुमेह तथा सुगर रोग हो । यस रोगलाई निधन र उचित नियन्त्रण गरि व्यवस्थापन गर्न सके मानव शरिरमा लाग्ने अन्य रोगहरुलाई पनि स्वत छुटकारा पाउन सक्छौँ । जब शरिरमा चिनीको मात्रा बढि हुन्छ तब मधुमेह रोगको लक्षण मानव शरिरमा देखा पर्न थाल्छन् । मधुमेह लागिसकेपछि यसले मृगौलामा असर गर्ने पनि त्यत्तिकै हुन्छ । मधुमेह भनेको के हो ?यसले कस्ता व्यक्तिमा छिटो आक्रमण गर्छ ? यसबाट बच्न मानिसले के-के कुरामा ध्यान दिनु पर्छ ? ईत्यादि बारे थप जानकारीका लागि हाम्रा माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता बिनिता के.सि.ले थाईराईड तथा मधुमेह विशेषज्ञ डाक्टर प्रीया दर्शनी योञ्जन संग गरेकाे भिडियाे हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);