सरकारले निर्णय नसच्याएसम्म संसदको अवरोध जारी राख्ने कांग्रेसको निर्णय | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३० २०८१, आइतबार

सरकारले निर्णय नसच्याएसम्म संसदको अवरोध जारी राख्ने कांग्रेसको निर्णय

nepali congress

काठमाडौं, १० माघ । नेपाली कांग्रेसले सरकारले आफ्ना माग बेवास्ता गरे संसदको अवरोधलाई निरन्तरता दिने निर्णय गरेको छ । नेपाली कांग्रेसले आज देखि सुरु केन्द्रीय समिति बैठकबाट निर्णय गरि चिकित्सा शिक्षा विधेयक र कांग्रेस नेताहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइराललका नाममा खुलेका अस्पतालका विषयमा सरकारले सुनुवाई नगरे संसदको अवरोध जारी राख्ने निर्णय गरेको हो ।

भ्रातृ संगठन नेविसंघसहितका विषयथाति राखेर कांग्रेसले सरकारले नेताहरुका नाममा खुलेका अस्पतालका विषयमा आश्वस्त नपार्दासम्म संसदको अवरोध जारी राख्ने निर्णय गरेको हो ।

कांग्रेसले चिकित्सा शिक्षा विधेयका विषयमा पनि तीनवटा विकल्प अघि सारेको छ । सरकारले संसदको शिक्षा तथा स्वास्थ्य समितिको बहुमतबाट आएको चिकित्सा शिक्षसम्बन्धी विधेयकको प्रतिवेदन जस्ताको तस्तै पारित गर्न लागेको भन्दै त्यसलाई सुधारका लागि बिकल्प अघि सारेको छ ।

उसले अघिल्लो सरकारले ल्याएको अध्यादेश पारित गर्ने, प्राध्यापक डाक्टर केदाभक्त माथेमा नेतृत्वको कार्यदलको सुझाव कार्यान्वयन गर्ने वा ओली सरकारले डाक्टर केसीसँग गरेको संझौता पालना गर्नेमध्ये जुनकुनै विकल्प आफूलाई मान्य हुने बताएको छ ।

कांग्रेसले आफ्ना नेताहरुका नाममा खुलेका अस्पताल संघीय सरकार माहतबाट हटाएर बन्द गर्न लागेको तथा डाक्टर केसीसँग आफैले गरेका ेसम्झौता पालना नगरेको भन्दै गत मंगलबार देखि संसद अवरोध गर्दै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);