चिकित्सा शिक्षा विधेयक प्रक्रिया अनुसार संसदबाट पास हुन्छ : मन्त्री बास्कोटा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

चिकित्सा शिक्षा विधेयक प्रक्रिया अनुसार संसदबाट पास हुन्छ : मन्त्री बास्कोटा

काठमाडौं, १० माघ । सरकारले चिकित्सा शिक्षा विधेयक प्रक्रियाअनुसार पारित हुने बताएको छ । बिहीवार माघ ३ गतेको मन्त्रीपरिषद बैठकले गरेका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले विधेयक संसदको प्रक्रियामा गइसकेकोले पारित हुने बताएका हुन् ।

उनले विधेयकको विषयमा धेरै छलफल भएको र संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले विधेयकमाथि दफावर छलफल गर्न बनाएको उपसमितिले समेत बहुमतले पारित गरेकोले सदनबाट पनि यो विधेयक बहुमतले पारीत हुने बताए । मन्त्री वास्कोटाले बिधेयक संसदको विषय र क्षेत्राधिकारमा परेको भन्दै विधेयक फिर्ता हुने सम्भावना नरहेको बताए ।

माघ ३ गतेको मन्त्रीपरिषद बैठकले गरेका थप निर्णय :

१. महाअभियोग सम्बन्धि कानुनलाइ एकीकरण र संसोधन गर्न बनेको बिधेयक बनाउन सैद्धान्तिक स्वीकृती दिने निर्णय गरेको छ ।

२. बिश्व बैंकको नेपाललको मताधिकार कायम राख्न शेयर खरिद गर्ने निर्णय गरिएको छ। विश्व बैंक समूह अन्तर्गत अन्तराष्ट्रिय पुननिर्माण तथा बिकाश बैंकको शेयर खरिद गर्ने निर्णय गरिएको हो । हाल उक्त बैन्म नेपालको शेयर १४०५ कित्ता रहेको थप ३०९ कित्ता खरिद गरि १७१४ कित्ता शेयर नेपालको हुने भएको छ ।

३. युरोपियन युनियनको डेलिगेसन टु नेपालको प्राविधिक सहायता अनुदान करिब २० लाख युरो स्वीकार गर्ने निर्णय गरेको छ । प्राप्त अनुदान नगर विकाश कोष मार्फत विभिन्न १५ वटा नगरपालिकाहरुको क्षमता अभिवृद्धि कार्यक्रम संचालन गर्न खर्च हुनेछ ।

४. पुननिर्माणका लागि साउदी कोष सँग ऋण सहायता प्राप्तिकोलागि अर्थमन्त्रालय अन्तर्गतको अन्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिवको संयोजकत्वमा वार्ता टोलि गठन गरि अख्तियारी दिने निर्णय गरेको छ । साउदी कोषले ३० मिलियन अमेरिकी डलर पुननिर्माणको निमित्त सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । यो ऋण सहायताको ब्याजदर एक प्रतिशतको हुने र २५ वर्ष सम्ममा चुक्ता गर्नुपर्ने छ ।

५. गोरखकाली रबर उद्योग लिमिटेडका कर्मचारीहरुलाई अनिवार्य अवकाश दिने निर्णय गरेको छ । साथै उद्योगको बैकल्पिक ब्यबस्थापन गर्ने निर्णय पनि भएको छ ।

६. नेपाल औषधि लिमिटेडका महाप्रबन्धक ड़ा रोभश कुशुम सुवेदीले दिनु भएको राजिनामा स्वीकृत गरिएको छ ।

७. नेपाल भारत बाणिज्य सन्धि २००९को पुनरावलोकन सम्बन्धि दोश्रो बैठकको लागि उद्योग वाणिज्य तथा आपूति मन्त्रालयकÞा सह सचीव रवि शंकर सैंजुको संयोजकत्वमÞा बार्ता टोलि गठन गर्ने निर्णय गरेको छ । पुनरावलोकन सम्बन्धि दोश्रो बैठक माघ महिनाको अन्तिम हप्तामा गर्ने गरि तयारी भैरहेको छ ।

८. अफ्रिकन स्वाइन फिभर रोग सार्न सक्ने बस्तुको पैठारीमा रोक लगाउने निर्णय गरेको छ ।

९. नुवाकोटको दुप्चेस्वरमा भएको बस दुर्घटनाका घाइतेहरुको उपचार खच सरकारले बेहोर्ने निर्णय गरिएको छ ।

१०. क्षेत्रीय आपतकालीन कार्य संचालन केन्द्र र गोदाम घरहरुलाई प्रदेश स्तरमा रुपान्तरण गरि संचालन गर्ने निर्णय गरेको छ ।

११. नेपाल सरकार र ओमान सरकार बीच कुटनैतिक तथा सरकारीरविशेष सेवा राहदानी बाहकहरुलाई एक अर्को मुलुकमा भ्रमण गर्दा प्रवेशआज्ञा छुट दिने सम्झौता स्वीकृत गरिएको छ ।

१२. जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनि लिमिटेडको महाप्रबन्धक पदमा ललितपुर ठैवका ज्ञानेश्वर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

१३. रक्सौल अमलेखगंज पेट्रोलियम पाइपलाइन बिछ्याउनको लागि बाटोमा पर्ने रुख कटान गरि हटाउन अनुमति दिने निर्णय गरेको छ ।

१४. स्थानीय सेवाको गठन,संचालन,ब्यबस्थापन,सेवाका शर्त तथा सुबिधा सम्बन्धी आधारभूत सिद्धान्त र मापदण्ड निर्धारण गर्नेगरी संघिय कानुन तर्जुमा प्रक्रिया अगाडी बढाउन संघिय मामिला तथा सामान्य प्रशाशन मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ ।

१५. राजपत्राङ्कित बिशिष्ट श्रेणी वा सो सरहका सरकारी कर्मचारीहरुको समायोजन गर्ने निर्णय गरेको छ ।

१६. विदेशी कुटनैतिक नियोगहरुलाई जग्गा उपलब्ध गराउने निर्णय गरेको छ । जसअनुसार दुतावाशको कार्यालयको लागि १२ रोपनी,राजदूत निवाशको लागि थप ४ रोपनी, वाणिज्य दुतावाशको लागि बढीमा ८ रोपनी र महाबाणिज्य दुतको निवाशको लागि ३ रोपनी जग्गा लिजमा वा रजिष्ट्रेशन पास गरि उपलब्ध गराउने निर्णय गरेको छ ।

१७. भाषा आयोगको सदस्य पदमा उषा हमाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

१८. सशश्त्र द्वन्दको क्रममा घाइते अपाङ्ग भएका, राजधानीका विभिन्न अस्पतालमा उपचार गराइरहेका दैलेखका नरवीर दमाई,कालिकोटका मन दर्जी,जुम्लाका बीरबहादुर परियार लगायत ४४ जनालाई औषध उपचार खर्चको लागि १० लाख सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);