सरकारविरुद्ध चर्का नाराबाजी गर्दै नेविसंघको प्रदर्शनी | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

सरकारविरुद्ध चर्का नाराबाजी गर्दै नेविसंघको प्रदर्शनी

काठमाडौं, ९ माघ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसमा आवद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारविरुद्ध चर्का नाराबाजी लगाउँदै बुधबार पनि काठमाडौंमा प्रदर्शन गरेको छ ।

निर्मला पन्तको हत्यारा अझै पत्ता लगाउन नसकेको, वरिष्ठ चिकित्सक गोविन्द केसीसँग गरिएको सहमति विपरित ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित गराउन खोजेको तथा जिपी कोइराला श्वासप्रश्वास केन्द्र र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खारेज गर्न खोजेको भन्दै नेविसंघले बुधबार काठमाडौंको माईतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म सरकारविरुद्ध चर्का नाराबाजीसहित विरोध प्रदर्शन गरेको हो ।

पटक–पटक आग्रह गर्दा पनि सरकारले आफूहरुको माग सुनुवाई नगरेपछि सडक संघर्षमार्फत् सरकारलाई दवाव दिन सुरु गरिएको नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले जानकारी दिए । प्रदर्शनमा नेविसंघका नेता, कार्यकर्ताहरुले मंगलबार नयाँ बानेश्वरमा आफूहरुको शान्तिपूर्ण आन्दोलनमाथि प्रहरीले हस्तक्षेप गरेको भन्दै आक्रोश पनि व्यक्त गरेका थिए ।

नेविसंघले आफूहरुको मागलाई सम्बोधन गराउन सरकारलाई सडक आन्दोलनबाटै बाध्य बनाउने चेतावनी पनि दिएको छ । गोविन्द केसीसँग गरिएको सहमति कार्यान्वयन गर्न पछि हटेको आरोप लगाउँदै नेविसंघले सो सहमति अक्षरशः पालना गर्न पनि सरकारलाई मंगलबारबाट पुनः दवाव दिन सडक संघर्ष सुरु गरेको हो । प्रदर्शनकारीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा पनि माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);