काठमाडौं, ७ माघ । नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले आजदेखि लिलामी सेयर बाँडफाँटमा नपरेको पैसा फिर्ता गर्ने भएको छ ।
लगानीकर्ताले आवेदन फारममा उल्लेख गरेकै बैंक तथा वित्तीय संस्थाको खातामा पैसा फिर्ता गरिने भएको हो ।
नेपाल क्लियरिङ हाउस (एनसीएचएल) मा आबद्ध बैंक तथा वित्तीय संस्थालाई इन्टर बैंक पेमेन्ट सिस्टम (आइपीएस) मार्फत बैंक खातामा रकम फिर्ता पठाइने नयाँ नेपालले जानकारी गराएको छ ।
कुनै कारणले खातामा पैसा जम्मा हुन नसके एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौमा गएर चेकमार्फत भुक्तानी लिन सकिनेछ ।





