लक्ष्य अनुसारको राजश्व संकलन गर्न वीरगन्ज भंसार असफल | ईमाउण्टेन समाचार

Our Network

माघ ४ २०८१, शुक्रबार

लक्ष्य अनुसारको राजश्व संकलन गर्न वीरगन्ज भंसार असफल

birgunj bhansar

वीरगन्ज, ६ माघ । भारत संगको व्यापारलाई सहज बनाउने उदेश्यले वीरगन्ज रक्सौल नाकामा निर्माण भएको एकिकृत भंसार जाँच चौकी संचालनमा आएपनि उत्साहजनक राजश्व संकलन हुन सकेको छैन् । आएसिपी संचालन भएर आयात निर्यात सहज भएपनि वीरगन्ज भंसार कार्यालयले लक्ष्य अनुसारको राजश्व संकलन गर्न असफल भएको हो ।

भंसार कार्यालयले सार्वजनिक गरेको तथ्याङ्ग अनुसार चालु आर्थिक वर्षको ६ महिनामा लक्ष्यको ९८ प्रतिशत राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षको साउन देखि पुस सम्ममा वीरगन्ज भंसारले ७८ अर्ब ९३ करोड लक्ष्य रहेको र ७७ अर्ब ७५ करोड संकलन भएको जनाएको छ ।

भन्सार कार्यालयका अनुसार पुस महिनामा लक्ष्यको ८३ प्रतिशत मात्र राजश्व संकलन भएको छ । १३ अर्ब ७२ करोड संकलन गर्नु पर्नेमा ११ अर्ब ४५ करोड मात्र संकलन भएको छ । मधेश आन्दोलन पूर्व लक्ष्य भन्दा बढी नै राजश्व संकलन गर्ने यो भंसार आन्दोलन पश्चात अहिले पनि पूर्णरुपले लक्ष्यमा फर्किन सकेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);