पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुसँग देउवाले लिए कार्यप्रगतिबारे जानकारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८३, शनिबार

पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुसँग देउवाले लिए कार्यप्रगतिबारे जानकारी

माघ ३,  बिहीबार

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसबाट प्रतिनिधित्व गरेर सरकारमा सहभागी भएका मन्त्रीहरुको कार्य प्रगति विवरणबारे जानकारी लिनुभएको छ ।बिहीवार बिहान निजी निवास बुढानिलकण्ठमा बोलाएर सभपति देउवाले काँग्रेसबाट सरकारमा सहभागी भएका मन्त्रीहरुको कार्य प्रगति विवरणबारे जानकारी लिनुभएको हो ।

हालसम्म ३ जना मन्त्रीहरुले आफ्नो मन्त्रालयको कार्यप्रगतिबारे जानकारी दिएको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बताउनु भयो । उहाँले मन्त्रालयले सोचेअनुसारको काममा तिब्रता दिन नसकेको उल्लेख गर्नुभयो । छलफलमा मन्त्रालयको कार्यप्रगतिबारे जानकारी गराइएको र अब कसरी प्रभावकारी बनाउने भन्नेबारेमा नेताहरुले सुझाव दिनुभएको बताउनु भयो ।

Leave a Reply

ताजा समाचार