सञ्चार जगतले नकारात्मक टिप्पणी गरेको प्रधानमन्त्री ओलीको गुनासो | ईमाउण्टेन समाचार

Our Network

जेठ २६ २०८१, शनिबार

सञ्चार जगतले नकारात्मक टिप्पणी गरेको प्रधानमन्त्री ओलीको गुनासो

kp oli

काठमाडौं, २ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राम्रो काम गरेपनि संचारजगतले सधै नकारात्मक कुरा मात्रै औल्याउँदै आएको भन्दै गुनासो गरेका छन् ।

२१ औं भूकम्प सुरक्षा दिवसको अवसरमा मूल समारोह समितिले बुधबार ललितपुरमा गरेको कार्यक्रममा बोल्दै उनले पुननिर्माणको क्षेत्रमा उल्लेख्य काम भएपनि संचार जगतले सधै नकारात्मक विषयको मात्रै उठान गर्ने गरेको उनले बताए।

आफ्नो नेतृत्वको सरकारले भुकम्पले क्षति पुर्याएको संरचना पुननिर्माण र व्यक्तिगत आवास निर्माणको क्षेत्रमा उल्लेख्य काम गरेको दावी गरे । प्रधानमन्त्री ओलीले सकारात्मक उपलब्धिमा संचारमाध्यमले चाँसो नदिएकोमा असन्तुष्टी व्यक्त गरे ।

उनले मानविय आकांक्षा वा स्वार्थका कारण र प्राकृतिक विपत्तिले ल्याएको खतराबाट सबैलाई सुरक्षित राख्ने अभियानमा सरकार जुटेको उल्लेख गरे । प्रधानमन्त्री ओलीले आवास निर्माणका क्रममा असक्त, अपाङ्ग, बालबालिका, जेष्ठ नागरिक, सुत्केरी तथा एकल महिला लगायतलाई प्राथमिकतामा राखिएको बताए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);