वकिलहरुलाई ओलीले भने, 'म प्रधानमन्त्री हुँदा वादी/प्रतिवादी भएर ५६ हजार सिग्नेचर गरे' | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

वकिलहरुलाई ओलीले भने, ‘म प्रधानमन्त्री हुँदा वादी/प्रतिवादी भएर ५६ हजार सिग्नेचर गरे’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा अदालतमा मुद्दा हालेर काम गर्न नदिएको गुनासो गरेका छन् । आफ्नै निवास बालकोटमा कानुन व्यवसायीसँगको छलफलमा अध्यक्ष ओलीले अदालतमा मुद्दा परिरहँदा आफ्नो कार्यकाल ५६ हजार हस्ताक्षर गरेको सुनाए ।  

‘म प्रधानमन्त्री हुँदा ५६ हजार सिग्नेचर गरे । एउटा प्रधानमन्त्रीले अदालतमा वादी प्रतिवादी मुद्दामा ५६ हजार सिग्नेचर गर्नुपर्‍यो । यो समयको बर्बादी होइन ? कसैलाई लाग्छ मुद्दा हालिदिने ?’ उनले कानुन व्यवसायीलाई प्रश्न गरे ।

सुर्खेतमा खरदारले बदमासी गर्दा नेपाल सरकारविरुद्ध मुद्दा पर्ने यसमा पनि प्रधानमन्त्रीले सिग्नेचर गर्नुपर्ने अवस्था रहेको भन्दै ओलीले यो प्रक्रियागत कुरा पनि सच्याउनुपर्ने बताए । ‘न मैले कुनै लेनदेन गरेको छु न कसैलाई बनाएको छु । मैले पनि सक्थे होला नि । कानुनले बनाउन पाउने मात्रै बनाएको कुरालाई पनि लगेर अदालतले रोकिदिने ?’ उनले आक्रोश पोखे ।

उनले न्यायलय सुधारको कुरामा एमाले प्रतिबद्ध रहेको तर सबैले कमजोरीहरु सुधार्दै लानुपर्नेमा जोड दिए । उनले प्रधानन्यायाधीशलाई महाभियोग लगाउन अरु दल तयार भए एमाले बाधक नबन्ने स्पष्ट पारे ।  

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);