कर्मचारी समायोजन अध्यादेश परिमार्जन हुनसक्छ : उप्रधानमन्त्री पोखरेल | ईमाउण्टेन समाचार

Our Network

असोज २ २०८३, शनिबार

कर्मचारी समायोजन अध्यादेश परिमार्जन हुनसक्छ : उप्रधानमन्त्री पोखरेल

ishwor pokhrel

भरतपुर, २८ पुस । उप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले ल्याएको समायोजन प्रक्रियाबाट नआत्तिन कर्मचारीलाई आग्रह गरेका छन् ।भरतपुरमा जारी नेपाल निजामती कर्मचारी सङ्गठन केन्द्रीय कार्यसमितिको पाँचौ केन्द्रीय बैठकलाई सम्बोधन गर्दै उनले कर्मचारी समायोजन अध्यादेश परिमार्जन हुनसक्ने बताए ।

“अध्यादेशमा के राख्ने, के नराख्ने भन्नेबारे गृहकार्य गर्नुहोस्, उपप्रधानमन्त्री पोखरेलले भने”, कर्मचारीलाई असर पारिँदैन र पार्न पनि हुँदैन ।” नयाँ राज्य व्यवस्थामा कानून र संरचना नबन्दा समस्या भएको भन्दै उनले देशमा संवैधानिक र राजनीतिक परिवर्तन भए पनि कानूनी र व्यवहारिक प्रक्रिया मिलाउन बाँकी रहेको बताए ।

फागुनभित्रै कानून निर्माण गरिसक्ने गरी सरकारले काम गरिरहेको छ भन्दै पोखरेलले सरकार पाँच वर्ष टिक्छ भनेर धेरैको पेट पोलिरहेको छ तर सरकारले पाँच वर्षभित्रै कायापलट गरेर देखाउने जिकिर गरे।

शनिबारसम्म चल्ने उक्त बैठकले सङ्घीय निजामती सेवा नियमावली र कर्मचारी समायोजनका सम्बन्धमा छलफल गर्दैछ । देशभरबाट १४२ केन्द्रीय समितिका पदाधिकारी भरतपुरमा भेला भएको सङ्गठनका जिल्लाअध्यक्ष फणिन्द्रप्रसाद खनालले जानकारी दिए ।

ताजा समाचार