पशुपति मन्दिरमा लाग्ने आधा दर्जन जात्रा बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

पशुपति मन्दिरमा लाग्ने आधा दर्जन जात्रा बन्द

pashupati

काठमाडौं, २६ पुस । पशुपति क्षेत्रमा आधा दर्जन जात्रापर्व बन्द भएका छन् । शोभन यात्रा, लिंग यात्रा, उपलिंग यात्रा, कुण्ड यात्रा, नागचा प्याँखा (महादेव पार्वती नाच), बोडे नीलिबाराही नाच बन्द भएका हुन् ।

यी जात्रा पर्व केही दशकदेखि बन्द रहेको अनुसन्धानले देखाएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

पशुपति क्षेत्र विकास कोषले बनाउन लागेको बृहत् गरुयोजनाका लागि अध्ययन अनुसन्धान गर्ने क्रममा दशकौँदेखि यी जात्रापर्व लोप भएको पत्ता लागेको हो । डा. सन्ध्या खनाल पराजुलीले कोषका पदाधिकारीलाई अनुसन्धानबारे बुधबार जानकारी गराउँदै चार यात्रा र दुई पर्व बन्द भएको जानकारी दिइन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);