प्रेमको उद्दारमा प्रचण्ड, पूरा होला त उनको योजना ... | ईमाउण्टेन समाचार

Our Network

असोज २५ २०८३, सोमबार

काठमाडौं, १४  भदौ । समानुपातिक प्रतिनिधित्वको सन्दर्भमा संविधानले प्रत्यक्षतर्फ एक सीट अनिवार्य जितेको हुनुपर्ने गरी मत प्रतिशत (थ्रेस होल्ड) तोकेपछि विशेषतः भुरे–टाकुरे पार्टीहरुलाई समस्या आइलागेको छ।

 

एमालेबाट राजाको क्याबिनेट हुँदै प्रचण्डसँग निकट रही अलग्गै दल चलाउँदै आएका उनै ‘सदाबहार मन्त्री’ प्रेमबहादुर सिंहले अहिलेको नयाँ व्यवस्था अनुसार आगामी संसदमा उपस्थित हुन समस्या परेपछि उपाय निकालेका छन् । उनको पार्टी हो समाजवादी जनता दल। यस विषयमा प्रचण्डले ओली सरकारपछि आफ्नो मोर्चालाई साथ दिँदै्र आएका प्रेम बहादुर सिँहलाई सघाउने आश्वासन दिएको बुझिएको छ। उनले माओवादीको चुनाव चिह्न लिएर लड्न पाऊँ भनेर निवेदन दिएका छन्।

 

यस विषयमा प्रचण्डले ओली सरकारपछि आफ्नो मोर्चालाई साथ दिँदै्र आएका प्रेम बहादुर सिँहलाई सघाउने आश्वासन दिएको बुझिएको छ। यदि त्यो चिह्नमा उनले भाग लिने हो भने एकाध ठाउँबाट जित्ने झिनो सम्भावना छ। त्यसमा आफूले ल्याएको अनुमानित मतप्रतिशतका आधारमा आफू, उस्तै परे प्रेमिकासहित संसदमा जान सक्नेछन्। जनआस्था साप्ताहिकमा खबर छ।