काठमाडौंसहित देशैभर सोमबारसम्म चिसो बढ्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौंसहित देशैभर सोमबारसम्म चिसो बढ्ने

chiso

तेजना पण्डित
काठमाडौं, २१ पुस । देशमा पश्चिमी वायुुको प्रभावका कारण मौसममा बदली भई मध्य तथा सुुदूर पश्चिमका उच्चपहाडी क्षेत्र र हिमाली क्षेत्रमा हिमपात हुने मौसम बिभागले जनाएको छ ।

आजबाट सुरु भएको मौसम बदलीका कारण सोमबारसम्म काठमाडौंसहित देशका केहि स्थानमा क्षणिक बर्षासमेत हुुनसक्ने मौसन पूर्वानुमान महाशाखाको प्रक्षेपण छ ।

गत साता शून्य दशमलव पाँच डिग्रीसम्म झरेको काठमाडौंको न्युनतम तापक्रम हाल एक डिग्रीसम्म पुुगेको छ । शनिवार देखि भएको मौसम बदलीका कारण न्यनतम तापक्रममा खासै फरक नपरेपनि घाम नलाग्दा दिउँसोका तापक्रम घट्ने र चिसो बढ्ने मौसमविद् समिर श्रेष्ठले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);