सडक अव्यवस्थित हुनाले पैदल यात्रुलाई सास्ती | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

नवराज खनाल, कैलाली, १३ भदौ ।

सडक किनारामा थुपारिएका निर्माण समाग्री र अव्यवस्थित पसलका कारण कैलालीको लम्किचुहा नगरपालिका अस्तव्यस्त बनेको छ । सडक आसपासमा बनाइएका छाप्रा पसल र सडक किनारामा थुपारिएका निर्माण सामाग्रीले पैदल यात्रुलाई त समस्या सिर्जना गरेको छ नै दुर्घटनाको जोखिम समेत बढाएको छ ।

 

पौदल यात्रुका लागि बनाइएको सडक किनारा अन्य प्रयोजनका लागि प्रयोग गर्न पाईंदैन । तर कैलालिको लम्किचुहा नगरपालिकाको सडक किनारामा पैदलयात्रुलाई समस्या हुने गरी पसलहरु खुलेका छन् । त्यती मात्र होइन निर्माण सामाग्री पनि सडक किनारामै थुपारिएको छ । अझ अव्यवस्थित रुपमा सञ्चालनमा रहेका ठेला पसल र जथाभावी फ्याकिएका फोहोरले नगरलाई कुरुप बनाएको छ ।

 

पूर्वपश्चिम महेन्द्र राजमार्गसँगै रहेको लम्की बजारका सडक किनारामा थुपारिएका निर्माण सामाग्रि र अव्यवस्थित रुपमा खोलीएका पसलहरुले नगरको सौन्दर्य र हराएको छ नै यसले दुर्घटनाको जोखिम समेत बढाएको छ । नगरलाई व्यवस्थित बनाउन नगरपालीकाले ठोस गुरुयोजना ल्याउनुपर्ने स्थानीयको माग छ ।

 

नगरपालिकाका मेयर महादेव बजगाईले भने लम्किचुहा नगरपालिकाको विकास र सौन्दर्यताको लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

 

यस अघि बजार व्यवस्थापनका लागि नीजि क्षेत्रबाट गरेको प्रयास सफल नभएका कारण नगरपालिकाकै सक्रियतामा बजार व्यवस्थापन गर्नुपर्ने लम्किचुहा उद्योग वाणिज्य संघका महासचिव लवबहार शाहीको भनाइ छ ।

 

नगरको सौन्दर्य जोगाउनु सवैको कर्तव्य हो । एउटाले अर्कोलाई औला तेर्साउनुभन्दा पनि नगरको विकास र सफाइमा सवैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);