सडकपेटीमा निर्माण सामाग्री र व्यवसाय सञ्चालन गर्दा पैदलयात्रुलार्इ सास्ती | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

सडकपेटीमा निर्माण सामाग्री र व्यवसाय सञ्चालन गर्दा पैदलयात्रुलार्इ सास्ती

फूलमाया आले

काठमाडौं, ९ माघ । काठमाडौं उपत्यकाका सडकपेटीमा निर्माण सामाग्री र व्यवसाय सञ्चालन गर्दा पैदलयात्रुले सास्ती बेहोर्दै आएका छन् । बाटोनै छेकेर निर्माण सामाग्री राख्दा दुर्घटनाको जाखिम समेत बढेको छ ।

उसै त साँधुरो सडक त्यसमा पनि सडक पेटी मिचेर निर्माण सामाग्री थुपार्दा पैदलयात्रु समस्यामा पर्ने गरेका छन् । सडक पेटीमा निर्माण सामाग्री र व्यवसाय सञ्चालन गरेपछि मूलसडकबाटै पैदलयात्रुले यात्रा गर्ने हुँदा दुर्घटनाको जोखिमसमेत बढेको छ ।

काठमाडौं उपत्यकाको मूल सडकका साथै भित्रि सडकहरुमा समेत यसरी निर्माण सामाग्री राख्दा यात्रा गर्न कठिन भएको पैदल यात्रुहरुको गुनासो छ ।

फूटपाथ पैदल यात्रुका लागि बनाइएको हो । यस स्थानमा न त निर्माण सामाग्री राख्न पाइन्छ न व्यवसायीक प्रयोजनका लागि नै प्रयोग गर्न पाइन्छ । तर फुटपाथ अन्य प्रयोजनका लागि प्रयोग हुँदा यसले दुर्घटनाको जोखिम बढाएको छ । फटपाथमा निर्माण सामाग्री राख्ने र व्यवसाय गर्नेलाई कारबाही गर्न तादरुकता देखानुपर्ने पैदलयात्रुको भनाइ छ ।

फुटपाथको दुरुपयोग गर्दा पैदलयात्रुलाई सास्तीका साथै दुर्घटनाको जोखिम त बढाएकै छ । साथै शहरलाई फोहोर र कुरुप पनि बनाएको छ । सार्वजनीक स्थलको दुरुपयोग गर्नेलाई कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायले चासो दिन जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);