भृकुटीमण्डपमा जारी १५ औं राष्ट्रिय औद्योगिक मेलामा सर्वसाधारण भीड | ईमाउण्टेन समाचार

Our Network

असार ११ २०८१, सोमबार

भृकुटीमण्डपमा जारी १५ औं राष्ट्रिय औद्योगिक मेलामा सर्वसाधारण भीड

कविता कार्की

काठमाडौं, १८ पुस । काठमाडौंको भृकुटीमण्डपमा १३ गते देखि सुरु भएको १५ औं राष्ट्रिय औद्योगिक मेला जारी छ । मेलामा सर्वसाधारणको घुँइचो लागेको छ । मेलामा ४० वटा उद्योगबाट उत्पादित सामाग्रीहरु राखिएका छन् ।

बुधबारसम्ममा करिव १ लाख अवलोकनकर्ताले अवलोकन गरिसकेको आयोजकले जनाएको छ । मेलामा जुत्ता–चप्पल तथा छालाजन्य वस्तुको खरिद गर्ने ग्राहकको बाक्लो उपस्थिति रहेको छ । मेलामा उद्योगले प्रयोग गर्ने कच्चा पदार्थहरु समेत राखिएको कारण पनि अवलोकनकर्ताको संख्या थपिइरहेको छ ।

मेला अवधिभर प्रदर्शनी स्थलबाट खरिद गरिएका जुत्ता चप्पलमा १५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएकाले नयाँ डिजाइनका जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरु अवलोकन तथा खरिद गर्नेे ग्राहको संख्यामा वृद्धि भएको आयोजकले जनाएको छ ।

मेलामा पार्टीसुज, स्पोर्टस सुज, क्याजुअल सुज तथा स्कुल कलेजका युनिफर्मका सुजसहित पुरुष र महिलाका चप्पल पनि राखिएको छ । मेलामा फुड स्टल पनि राखिएको छ । देशभरि छरिएर रहेका साना, मझौला तथा ठूला उद्योगद्वारा उत्पादित जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरुको सबै उत्कृष्ट उत्पादन एउटै छानामुनि व्यवस्थापन गरेको आयोजकले जनाएको छ ।

दूरदराजमा रहेका उपभोक्तालाई छुटसहितको व्यवस्थाले मेलामा आकर्षित गरिरहेको छ । सबै वर्गलाई लक्षित गरेर जुत्ता चप्पल उत्पादन गरेर नेपाललाई आत्मानिर्भर बनाउने मुख्य उदेश्यमा आफूहरु सफल हुँदै गएको उनीहरुको धारणा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);