कुखुरापालनबाट वार्षिक १२ लाखसम्म आम्दानी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

कुखुरापालनबाट वार्षिक १२ लाखसम्म आम्दानी

प्रकाश नेपाल
पाल्पा, १८ पुस । देशका लाखौँ युवाहरु रोजगारीका लागि विदेशीने क्रम बढेको समयमा पाल्पाका ताराप्रसाद पाण्डे भने स्वदेशमै मेहनत गरेमा पर्याप्त आम्दानी गर्न सकिने उदाहरण बनेका छन् । उच्च शिक्षा हासिल गर्ने क्रममा इन्टनेटमा टर्कि लगायत विभिन्न जातका कुखुरापालन गरी आम्दानी गर्न सकिने देखेपछि उनले यो व्यवसाय गर्ने सोच बनाएका थिए ।

तीन÷चार बर्ष अगाडि ५० वटा टर्की पालेर व्यवसाय सुरुवात गरेका ताराप्रसादको फार्ममा अहिले टर्की, लौकाट, स्थानीय लोकल कुखुरा, कड्कनाथ कुखुरा र हाँस गरि १५ सय रहेका छन् । करिब १० लाख लगानीबाट सुरु गरेको यस व्यवसायबाट उनले वार्षिक १२ लाखसम्म आम्दानी गरेका छन् ।

नौलो किसिमका कुखुराको व्यवसाय भएको हुँदा पाल्पा, स्याङ्जा, गुल्मी, रुपन्देही, लगायत टाढा–टाढा जिल्लाबाट किसानहरु आफ्नो व्यवसाय हेर्न र जानकारी लिन आउने गरेको उनले बताए ।

ब्राह्मण जातिले कुखुरा पाल्नै हुँदैन भन्ने सयममा आँट गरेर कुखुरा पालेका ताराप्रसाद आफुलाई परिवारका सदस्यलाई सहमत गराउन समेत धेरै मेहनत गर्नुपरेको अनुभव सुनाउँछन् । अहिले ताराप्रसादका बुवा आमा सहित पाँचजनाले व्यवसायमा सघाइरहेका छन् ।

सात रोपनी क्षेत्रफलमा पोखरी समेत निर्माण गरि ताराप्रसादले व्यवसाय संचालन गरिरहेका छन् । आफ्नो व्यवसायबाट राम्रो प्रतिफल पाएपछि उनले गाउँका अन्य युवालाई पनि आफ्नो गाउँठाउँमै काम गर्न प्रोत्साहित गर्दै आएका छन् ।

उनको फार्मबाट उत्पादित कुखुरा पोखरा, काठमाडौँ, विराटनगर, झापा, दाङ, धनगढीसहितका शहरमा विक्री हुने गरेका छन् । रोजगारीको खोजीमा भौतारिएका युवाहरुलाई ताराप्रसादको स्वरोजगार बन्न एउटा प्रेरणाको स्रोत बन्न सक्छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);