राष्ट्रिय वाणिज्य बैंकको 'ब्रान्ड एम्बेसडर'मा मिस नेपाल खतिवडा नियुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

राष्ट्रिय वाणिज्य बैंकको ‘ब्रान्ड एम्बेसडर’मा मिस नेपाल खतिवडा नियुक्त

काठमाडौं, १८ पुस । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले मिस नेपाल श्रृंखला खतिवडालाई ‘ब्रान्ड एम्बेसडर’ नियुक्त गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंकले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नयाँ पुस्तालाई बैंकप्रति आकर्षित गर्ने मूल उद्देश्यका साथ मिस नेपाल खतिवडालाई ‘ब्रान्ड एम्बेसडर’मा नियुक्त गरिएको घोषणा गरेको हो ।

बैंकिङ सेवालाई अझै प्रभावकारी बनाउन र नयाँ पुस्तालाई बैंकप्रति आकर्षित गर्न मिस नेपाल खतिवडालाई ब्रान्ड एम्बासडरमा नियुक्त गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिए ।

बैंकले मिस नेपाल खतिवडालाई ब्रान्ड एम्बासडर नियुक्त गरेसँगै बैंकलाई स्मार्ट बैंकको रुपमा विकास गराउने कार्यमा सहजता आउने विश्वास पनि व्यक्त गरेको छ ।

कार्यक्रममा बोल्दै मिस नेपाल खतिवडाले मुलुककै ठूलो पूँजी परिचालन गर्न सक्ने बैंकको ‘ब्रान्ड एम्बेसडर’ हुन पाउनु आफ्नो लागि गर्वको विषय भएको प्रतिक्रिया दिइन् । उनले मिस नेपालबाट लाभ लिने काममा बैंकलाई सफलता मिलोस् भनि शुभकामना पनि व्यक्त गरिन् ।

५३ वर्ष अघि स्थापना भएको सो बैंकको देशभर २ सय १० वटा शाखा कार्यालय रहेका छन् । निक्षेप संकलन र कर्जा लगानीमा अन्य बाणिज्य बैकहरुभन्दा अगाडि रहेको राष्ट्रिय वाणिज्य बैंकले हालसम्म १ अरव १२ करोड खुद मुनाफा आर्जन गर्न पनि सफल भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);