ज्ञानेन्द्र सिटिजन्स बैंकको सद्भावना दूत | ईमाउण्टेन समाचार

Our Network

असोज ५ २०८३, मंगलबार

ज्ञानेन्द्र सिटिजन्स बैंकको सद्भावना दूत

gyanendraa_malla

काठमाडौं, २ भदौ । सिटिजन्स बैंकले नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ललाई शुक्रबार सद्भावना दूत (ब्रान्ड एम्बेसडर) नियुक्त गरेको छ।

सिटिजन्स बैंकले राजधानीमा एक कार्यक्रम गरी राष्ट्रिय टोलीका उपकप्तान मल्ललाई एक वर्षका लागि सद्भावना दूतमा नियुक्त गरेको हो। बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले ज्ञानेन्द्रलाई क्रिकेट ब्याट हस्तान्तरण गर्दै सद्भावना दूत नियुक्त गरेका हुन्।

कार्यक्रममा मल्ललाई सद्भावना दूत बनाएबापतको रकम भने खुलाइएको छैन। सद्भावना दूत भएबापत ज्ञानेन्द्रले बैंकका विभिन्न योजना अन्तर्गत प्रचारप्रसारका कार्यमा सहभागी हुनुपर्नेछ। बैंकको सद्भावना दूत घोषित भएपछि मल्लले बैंकहरूले खेलाडीलाई लगानी गर्नु खुसीको कुरा रहेको बताए।

यसअघि बैंकले गल्फ, टेनिस, फुटसल, क्रिकेटलगायतका ठूला प्रतियोगितामा प्रायोजन गर्दै आइरहेको छ भने ब्याटमिन्टनका राष्ट्रिय खेलाडी नङ्सलदेवी तामाङलाई स्टाफका रूपमा बैंकमा अनुबन्धित गरिसकेको छ।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

ताजा समाचार