विश्वभरी अग्रेजी नयाँ बर्ष २०१९ मनाईदैँ | ईमाउण्टेन समाचार

Our Network

मंसिर २३ २०७९, शुक्रबार

विश्वभरी अग्रेजी नयाँ बर्ष २०१९ मनाईदैँ

dubai new year

केशव शर्मा काठमाडौं, १७ पुस । गए राति १२ वजेबाट अग्रेजी वर्ष २०१८ लाई विदा गरी नयाँ बर्ष २०१९ सुरु भएको छ । मध्य रातमा वर्ष २०१८ सकिए सँगै विश्वका विभिन्न शहरहरुमा उल्लासका साथ नयाँ वर्ष २०१९ को स्वागत गरिएको छ ।

विविध घटना परिघटनाहरु संगै अग्रेजी वर्ष २०१८ सकिएको छ । सोमवार मध्यरातमा नयाँ वर्ष २०१९ को स्वागतको लागि विभिन्न देशमा स्थानीय समय अनुसार विविध कार्यक्रमहरु भएका छन । विश्वका विभिन्न शहरमा नयाँ वर्षको अवसरमा आतिशबाजी तथा उत्सव भएका छन ।

भारत, अमेरिका, अस्ट्रेलिया लगायतका देशमा मुख्य सहरहरुमा स्थानीय समय अनुसार नयाँ बर्षको स्वागतको लागि कार्यक्रम आयोजना गरिएका छन ।

पहिले पहिले केहि पश्चिमा देशहरुमा मात्र मनाइने नया वर्ष अहिले विश्वव्यापी बनिसकेको छ । अहिले पश्चिमा देशहरुमा मात्र होइन एशियन देशहरुका साथै पर्यटकिय मुस्लिम देशहरुमा पनि आतिसवाजी सहित नयाँ वर्ष २०१९ को स्वागत गरिएको छ । कतार, दुवई, टर्कि लगाएत मुस्लिम देशहरुले पनि नयाँ वर्ष २०१९ लाई भव्य स्वागत गरेका छन ।

समयको फरकले गर्दा विभिन्न देशहरुमा स्थानीय समय अनुसार नयाँ वर्षको स्वागतमा कार्यक्रमको आयोजना गरिएको थियो । पश्चिमा देशहरुमा नयाँ वर्षको स्वागतका लागि अधिकांस मानिसहरु मध्यरातसम्म जाग्राम नै वसेका थिए । त्यसो त नयाँ वर्षको स्वागतका लागि नेपालका विभिन्न पर्यटकिय क्षेत्र पोखरा, काठमाडौको ठमेल, चितवनको सौराह लगाएतका ठाउँमा समेत विशेष कार्यक्रमको आयोजना गरिएको थियो ।

विश्व घटनाक्रममा सन २०१८ आम मानिसका लागि औषत वर्षका रुपमा रहेको थियो । सोमवार मध्यरातबाट हामिले सन २०१९ लाई स्वागत गरिसकेका छौ । वर्ष २०१९ ले सम्पूर्ण मानव जगतमा सकारात्मक प्रभाव छोडन सकोस, सम्पूर्णमा नयाँ वर्ष सन २०१९ को शुभकामना ।