लिभरपुलद्वारा आर्सनल फराकिलो अन्तरले पराजित | ईमाउण्टेन समाचार

Our Network

फागुन २२ २०८२, शनिबार

लिभरपुलद्वारा आर्सनल फराकिलो अन्तरले पराजित

EPL

काठमाडौं, १५ पुस । इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले आर्सनललाई ५–१ ले हराएको छ ।

आफ्नै मैदानमा भएको खेलमा लिभरपुललाई फराकिलो जित दिलाउन रोबर्टो फर्मिनोले ह्याट्रिक गर्दा मोहोमद सालाह र सादियो मानेले एक–एक गोल थपेका हुन । जितसँगै लिरभपुलले अंक तालिकाको दोस्रो स्थानको टोटनह्याम हट्सपरसँग ९ अंकको अग्रता लिएको छ ।

गएराति भएको खेलमा टोटनह्यामलाई वुल्भरह्याम्पटन वान्डरर्सले ३–१ ले हरायो । यसैगरी लेष्टर सिटीलाई कार्डिफ सिटीले १–० ले हराउँदा ब्राईटनले एभर्टनमाथि तथा फुल्हमले हडर्सफिल्ड टाउनमाथि १–० कै जित निकाले ।

गएराति वाट्फोर्ड र न्युकासल युनाईटेडले १–१ गोलको बराबरी खेले । इङ्लिस प्रिमियर लिग फुटबलमा आइतवार चार खेल हुनेछन् ।