एकैसाथ कहाँ हराए स्कुल गएका तीन बालिका ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

एकैसाथ कहाँ हराए स्कुल गएका तीन बालिका ?

balika haraye

सुर्खेत, १४ पुस । पूर्वी सुर्खेतका तीन बालिका एकैदिन बेपत्ता भएका छन् । विद्यालयमा पढ्न भनेर गएका सिम्ता गाउँपालिकाका तीन बालिका बाटैबाट बेपत्ता भएका हुन् ।

गाउँपालिकाको वडा नम्वर ५ आलीमा पर्ने श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालय कक्षा ६ मा अध्यनरत बालिकाहरु ४ दिनदेखि बेपत्ता रहेको बताइएको छ । साविक खानीखोला गाविस वडा नम्बर ९ खान्मा हाल सिम्ता गाउँपालिका वडा नम्बर ९ खानिखोला स्थायी घर भएका ति बालिकाहरु मंगलवार देखि सम्पर्क विहिन रहेको पारीवारिक स्रोतले जनाएको छ ।

बेपत्ता हुनेहरुमा खानिखोलाका ९ का १४ वर्षीया निशा सिंह ठकुरी, त्यही ठाउँ बस्ने एकै घरका दुई बहिनी १५ वर्षीया यमुना खत्री र उनकी बहिनी १२ वर्षीया रिसिमा खत्री रहेका छन् । निशाकी आमा भगवती सिंहका अनुसार पुस १० गते दिउँसो १ बजे टिफिनमा घर आएपछि कापी बिर्सिएँ भनेर स्कुल गएका छोरी हालसम्म घरमा फर्केका छैननन् ।

उनीसँगै यमुना खत्री र रिसिमाका २ बहिनी पनि टिफिनमा निशाको घर आए फेरि स्कुल गएदेखी नफर्किएको उनको भनाइ छ । छोरीहरु बेलुकी घर नआएपछि आफन्तकहाँ सोध्दा नभेटिएपछि त्यही दिन राति प्रहरी चौकी आलीमा खबर गर्दा बेवास्ता गरेको भगवती बताउँछिन् ।

स्कुल पढाएका छोरीहरु एकाएक गायब हुँदा अनौठौ लागेको यमुना खत्रीकी आमा दीपाले जानकारी दिइन् । बुटवल फुपूको घर जाने भन्दै स्थानीय सल्लीबजारमा गाडी चालकहरुसँग उनीहरुले कुरा गरेको सुन्नमा आएको दीपाले बताइन् ।

एकजना गाडी चालकले सल्लीबजारदेखि मेहलकुनासम्म उनीहरुलाई लिएर रात परेपछि आफ्नै घरमा राखेको खुलेको छ । तर उनीहरु बिहानै कसैलाई थाहा नदिइ हिँडेको चालक बताउँछन् । हाल प्रहरीले चालकलाईसमेत इलाका प्रहरी कार्यलय छिन्चुमा राखेर सोधपुछ गरिएको छ । हराएका बालिका निशा र यमुनाका बुवा हाल रोजगारीका लािग भारतमा छन् । निशाका बुवा गणेश सिंहले हराएका छोरीहरुको खोजी गरिदिन अपिल गरेका छन् ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);