प्रहरी निगरानीमा बम्जन | ईमाउण्टेन समाचार

Our Network

भदौ १५ २०८३, मंगलबार

प्रहरी निगरानीमा बम्जन

ram-bahadur-bomjan

काठमाडौं, १४ पुस । ‘लिटिल बुद्ध’ भनेर चिनिने रामबहादुर बम्जनको गतिविधिबारे जानकारी गराउन गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। मन्त्रालयले बारा, मकवानपुर, सर्लाही, सिन्धुपाल्चोक, सिन्धुली, लमजुङका प्रमुख जिल्ला अधिकारीलाई उनको गतिविधिबारे जानकारी गराउन निर्देशन दिएको हो।

मन्त्रालय स्रोतका अनुसार उनले व्यक्ति बेपत्ता बनाएको समाचार आएपछि चासो व्यक्त गर्दै उनको आश्रम रहेका जिल्लाका प्रजिअलाई गतिविधिबारे जानकारी गराउन निर्देशन दिएको हो। प्रहरीले बम्जनका आश्रम सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, बारा, लमजुङ र सर्लाहीमा रहेको जानकारी दिएपछि मन्त्रालयले सो निर्देशन दिएको स्रोतले जनाएको छ। मकवानपुरमा उनीविरुद्ध ३० वर्षीया फूलमाया रुम्बा र ५१ वर्षीय सञ्चलाल वाइबालाई बेपत्ता बनाएको उजुरी परेको छ।

बम्जनको आश्रमबाट केही व्यक्ति बेपत्ता भएको तथा केही आनी यौन दुव्र्यवहारमा परेको समाचार आएपछि पीडितका आफन्तले प्रहीमा उजुरी गरेका थिए। सोही आधारमा प्रहरीसमेत उनको खोजीका लागि परिचालन भएको छ। मन्त्रालयका प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीले मिडियामा समाचार आएको र बम्जनविरुद्ध प्रहरीमा उजुरीसमेत परेका कारण उनको विषयमा थप कुरा जान्न खोजेको बताए।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

ताजा समाचार