बाजुराका ग्रामिण भेगमा अनिश्चितकालका लागि यातायात बन्द | ईमाउण्टेन समाचार

Our Network

पुष २ २०८१, मंगलबार

बाजुराका ग्रामिण भेगमा अनिश्चितकालका लागि यातायात बन्द

मदन वि.क.
बाजुरा, १३ पुस । बाजुराका ग्रामिण भेगमा संचालन भईरहेका जीप यातायात व्यवसायीहरुले अनिश्चितकालका लागि बन्द गरेका छन् । व्यासायीहरुले जीपहरु बन्द गरे पछि यात्रुहरु अलपत्र परेका छन् ।

बिहीबार विहानैदेखि सदरमुकाम मार्तडीबाट जिल्लाका ग्रामिण भेगमा संचालन हुने सबै जीप व्यवसायीहरुले बन्द गरेपछि यात्रुहरु सदरमुकाम मार्तडी मै अलपत्र परेका हुन् ।

जीप व्यवसायीहरुले मार्तडी कोल्टी सडकको स्तरोन्नती हुनुपर्ने माग राख्दै जीपहरु अनिश्चितकालका लागि बन्द गरेको जीप व्यवसायीहरुले जनाएका छन् ।

यस अघि जिल्ला प्रहरी कार्यालय बाजुराले दुर्घटना न्युनिकरणका लागि भन्दै जीपहरुमा सिट क्षमता भन्दा बढी राखिएका सीट र जीपका हुट हटाएको थियो । जीपका सिट र हुट हटाएपछि व्यवसायीहरुले यात्रुहरुबाट मनपरी भाडा असुल्दै आएका थिए ।

बाटो बिगे्रकाले दुई घण्टाको बाटो ४ घण्टा लाग्नाले आफुहरुको तेलको रकम पनि नउठेको जीप व्यवसायीको भनाई रहेको छ । यता, स्थानीयवासी भने जीप व्यवसायीहरुले मनपरी भाडा लिएकोमा पीडित भएको बताउँछन् ।

जीप व्यवसायीहरुले आफ्नो सिट क्षमता अनुसार मात्र संचालन गरिनुपर्ने जिल्ला प्रशासन कार्यालयको भनाई रहेको छ । व्यवसायीहरुले यात्रुहरुबाट बढी भाडा असुलेमा कानुन अनुसार कारवाही हुने प्रमुख जिल्ला अधिकारी चेतराज वरालले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);