बैशाख ०९ मंगलबार ।
नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमानी राखेको छ । एकैदिन ६ हजार ९ सय रुपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च भएको हो ।आज सुनको भाउ तोलाको एक लाख ९७ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको एक लाख ९१ हजार रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ १० रुपैयाँले बढेर तोलाको एक हजार नौ सय ७० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।




