२०८२,१,३१
सुनको भाउ आज पाँच सय रुपैयाँले बढेको छ । सुनको भाउ पाँच सय रुपैयाँले बढेर तोलाको एक लाख ८५ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ८४ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो केही दिनयता लगातार घटिरहेको सुनको भाउ आज भने सामान्य बढेको हो । त्यस्तै आज चाँदीको भाउ भने घटेको छ । चाँदीको भाउ १० रुपैयाँले घटेर तोलाको एक हजार नौ सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय ७० रुपैयाँ रहेको थियो ।




