आर्थिक सुधारको प्रक्रिया सुरु भैसकेको अर्थमन्त्री पौडेलको दावी | ईमाउण्टेन समाचार

Our Network

भदौ १८ २०८३, शुक्रबार

आर्थिक सुधारको प्रक्रिया सुरु भैसकेको अर्थमन्त्री पौडेलको दावी

२०८२,१,३०

उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको समग्र आर्थिक सुधारलाई सरकारले उच्च महत्त्वका साथ अघि बढाइरहेको बताउनुभएको छ । आउँदो आर्थिक वर्षको बजेटबारे विकास साझेदारसँग अर्थ मन्त्रालयमा आज भएको छलफलमा उहाँले आर्थिक सुधारको प्रक्रिया थालिसकेको र त्यसलाई भविष्यमा अझ प्रभावकारी रूपमा अघि बढाउने बताउनुभयो । अर्थमन्त्री पौडेलले आउँदो बजेट विशेषगरी निजी क्षेत्रलाई प्रोत्साहन गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने, उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने र राष्ट्रिय अर्थतन्त्रलाई सबल बनाउनेतर्फ केन्द्रित हुने जानकारी दिनुभयो ।

स्रोत सुनिश्चिताको हिसाबले सुविधाजनक अवस्था नरहेको उल्लेख गर्दै उहाँले बजेट निर्माण गर्दा वैदेशिक सहायतालाई नेपालको आवश्यकता र प्राथमिकतामा केन्द्रित गरेर मितव्यितता, खर्च कटौती र सीमित साधन स्रोतलाई अत्याधिक प्रतिफल हुने गरी विनियोजन गर्नेमा ध्यान दिने बताउनुभयो । छलफलमा भारत, चीन, अमेरिका, बेलायत, जापान, कोरिया, अस्ट्रेलिया, नर्वे, जर्मनी, फिनल्यान्ड, युरोपेली सङ्घ, विश्व बैंक, एशियाली विकास बैंक, संयुक्त राष्ट्रसङ्घ, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व स्वास्थ्य सङ्गठनलगायत विकास साझेदार सहभागी थिए ।

Leave a Reply