७७ प्रतिशत पुननिर्माण सकिएको प्राधिरणको तथ्यांकमा प्रश्न | ईमाउण्टेन समाचार

Our Network

भदौ २४ २०८१, सोमबार

७७ प्रतिशत पुननिर्माण सकिएको प्राधिरणको तथ्यांकमा प्रश्न

tahara

अप्सरा गौतम
काठमाडौं, १३ पुस
। २०७२ बैशाखमा गएको भुकम्पले क्षति पुर्‍याएका संरचनाको पुन निर्माणका लागि खडा गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हालसम्म ७७ प्रतिशत निजी आवास निर्माण गरिसकेको घोषणा गरेको छ । तर, काठमाडौ उपत्यका लगायत विभिन्न ठाउँका अधिकांश भूकम्प पीडित अझै पनि पाल मुनी बस्न बाध्य छन् ।

२०७२ सालमा गएको बिनासकारी भूकम्पले देशका विभिन्न भागमा ठुलो क्षती पुर्‍यायो । भूकम्पले क्षति पुर्‍याएका संरचनाको पुनर्निर्माणका लागि सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण खडा गरि काम सुरु गर्‍यो ।

पटक–पटक प्राधिकरणको नेतृत्व परिवर्तन तथा प्राधिकरणमा कार्यरत प्राविधिक कर्मचारीको समय समयको आन्दोलनले गर्दा प्रभावकारी रुपमा काम हुनसकेको छैन । तरपनि, प्राधिकरणले भने हालसम्म क्षति पुगेका ७७ प्रतिशत निजी आवास निर्माण गरिसकेको घोषणा गरेको छ ।

पुनर्निर्माणका लागि सम्झौता गरिएका सातलाख ४२ हजार एकसय ३५ मध्ये तीनलाख ३७ हजार ३ सय १९ वटा निजी आवास पुनर्निर्माणको काम सम्पन्न भएको छ भने दुईलाख ३३ हजार तीनसय ४३ वटा घर निर्माणको अन्तिम चरणमा रहेका प्राधिकरणको भनाई छ ।

भूकम्पले काठमाडौ उपत्यकामा रहेको नागर्जूृृन नगरपालीका भित्रका डाडापौवा, दहचोक, गोदमथोकलगायतका ठाउँहरु पनि ध्वस्त बनाएको थियो । नागार्जून नगरपालीकाभित्रका बस्ति ८० प्रतिशत क्षति हुन पुगेको थियो ।

त्यसमध्ये हालसम्म ५० प्रतिशत भूकम्प पीडितले मात्र अनुदान लिएका छन् भने ५० प्रतिशतले पहिलो किस्ता वापतको ५० हजार मात्र लिएका छन् । सरकारले बनाएको मापदण्ड अनुसार घर निर्माण गर्न कठिनाई भएका कारण पनि कतिपय घर निर्माण हुन सकिरहेका छैनन् ।

प्राधिकरणले ७७ प्रतिशत घर निर्माण भएको बताउदै गर्दा उपत्यकाका भूकम्प पीडित अझैपनि छाप्रो र टहरामा बस्न बाध्य छन् । नागरिकस्तरमा प्राधिकरणले अपेक्षित रुपमा काम गर्न नसकेको गुनासो अझै यथावत छ ।

कतिपय भूकम्प पीडितले हालसम्म पहिलो किस्ता मात्र बुझेका छन् भने निजी आवास निर्माणका लागि तेस्रो किस्तासम्म वुझेका कतिपयले अझै पनि भवन निर्माण नगरेका खबर पनि सार्वजनिक भएका छन् । यी तथ्यहरुले राष्ट्रिय पुननिर्माण प्राधिकरणले दावी गरेजस्तो उपलब्धी हासिल नभएको देखाउँछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);