ऐतिहासिक चौदण्डीगढीको अस्तित्व नै संकटमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८२, मंगलबार

ऐतिहासिक चौदण्डीगढीको अस्तित्व नै संकटमा

गोपाल पोखरेल
उदयपुर, १२ पुस । उदयपुर जिल्लाको तत्कालिन सेन बंशीय राज्यको राजधानी चौदण्डीगढीको संरक्षण नहुँदा ऐतिहासिक सम्पदाहरु लोप हुने अवस्थामा पुगेका छन् । त्यस क्षेत्रका महत्वपूर्ण सम्पदाहरुको संरक्षणको अभावले ऐतिहासिक चौदण्डीगढीको अस्तित्व नै संकटमा परेको छ ।

उदयपुरको चौदण्डी गढीको संरक्षण नहुँदा त्यस क्षेत्रका ऐतिहासिक तथा पुरातात्विक सम्पदा नष्ट हुने अवस्थामा पुगेका छन् । नेपालको इतिहासले उल्लेख गरे अनुसार बिक्रम संवत १७९० देखि जगत सेन, बिक्रम सेन लगायतका चार पुस्ताले चौदण्डीगढी दरबारमा रहेर राज्य चलाएका थिए ।

मकवानपुर गढीका राजा हेमकर्ण सेनका माईला भाई जगत सेनले पुर्वी सिमानाको रेखदेखका लागि चौदण्डीगढी राज्यलाई अस्तित्वमा ल्याएका थिए । प्राकृतिक छटाले समेत भरिपूर्ण यो स्थान पर्यटकीय स्थल बन्ने प्रचुर सम्भावना भएर पनि खानेपानी, यातायात लगायतका पूर्वाधारको अभावमा ओझेलमा पर्दै आएको छ ।

चौदण्डीगढी नगरपालिकाले भने यस क्षेत्रमा पर्यटकलाई आकर्षित गर्न भ्यु टावर निर्माण गर्ने योजना अघि सारेको छ । उदयपुर सदरमुकाम गाईघाटवाट २७ किलोमिटर पूर्वी पहाडी क्षेत्रमा पर्ने चौदण्डीगढीमा पुरातात्विक महत्व बोकेका देबी देवताका मुर्ति, ढुङ्गाका पुरातात्विक सामाग्रीहरु हराउँदै गएका छन् भने भएका पनि नष्ट हुने अवस्थामा छन् ।

यता, चौदण्डीगढी नगरपालिकाका प्रमुख खगेन्द« राइले पुरातत्व विभागसँग समन्वय गरी भग्नावशेषकै भएपनि संरक्षण गर्न लागिएको बताए ।

विक्रम सम्वत १८३० मा गोर्खालीको विजय अभियानसम्म पनि पूर्वको महत्वपूर्ण राज्यको राजधानीका रुपमा रहेको यो ऐतिहासिक तथा पुरातात्विक महत्वको स्थानमा हाल भग्नाबशेष मात्र बाँकी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);