सप्तरीमा दाइजोप्रथा बिरुद्ध १० दिने अभियान शुरु | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

सप्तरीमा दाइजोप्रथा बिरुद्ध १० दिने अभियान शुरु

daijo

शौरभ यादव
सप्तरी, १२ पुस । सप्तरीमा इस्लामी संघ नेपालको संयोजनमा दाईजो प्रथा विरुद्ध दश दिने अभियान सुरु भएको छ । मंगलबार अभियानको सुरुवातमा दाइजो प्रथा विरुद्धका नारा लेखिएका प्लेकार्ड बोकेर राजविराजस्थित शिव मन्दिरको प्राङ्गणबाट निस्केको ¥यालीले नगर क्षेत्र परिक्रमा गरी कोणसभा गरेको थियो ।

सर्वसाधारणमा दाइजो विरुद्घ चेतना विस्तारको लक्ष्यसहित १० दिने अभियान थालिएको इस्लामी संघ नेपाल सप्तरीले जनाएको छ । इस्लामी संघ नेपाल सप्तरीका अध्यक्ष मुजामा कलिमुज्जा खाँले दाईजो प्रथालाई निरुत्साहित गर्ने मुख्य उद्देश्यका साथ सुरु गरिएको अभियान जिल्लाका १८ वटै स्थानीय तहमा पु-याउने बताएका छन् ।

दाइजो प्रथाले छोरीको पढाइ र कतिपयको जीवन नै बर्बाद गर्न थालेपछि यसलाई निरुत्साहित गर्न थालिएको र १० दिने अभियानले मद्दत पुग्ने प्रदेश–२ का मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव मो. युसुफको भनाई छ ।

हातहातमा दाईजो तथा अन्य सामाजिक बिकृति विरुद्घका नारा अंकित प्लेकार्ड बोकेर सहभागी भएकाहरुले दाईजोका कारण आएका विकृति र त्यसको अन्त्यका लागि सबैको सहभागिता आवश्यक भएको बताएका थिए ।

देशैभर दाइजो प्रथा रहेपनि तराई मधेशका जिल्लामा यसले विकृत रुप धारण गरेको छ । दइजोप्रथाकै कारण घरपरिवारमा समस्या पर्ने मात्र नभएर छोरी चेलीको ज्यानै जानेसम्मको अवस्थाले पुरुषहरुकै अगुवाइमा अभियान सुरु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);