छाउपडी प्रथा अन्त्यका लागि विद्यार्थी संगठनकाे दबाब | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

छाउपडी प्रथा अन्त्यका लागि विद्यार्थी संगठनकाे दबाब

काठमाडौं, २२ माघ । तीन ठूला विद्यार्थी संगठन अनेरास्ववियू, नेपाल विद्यार्थी संघ र अनेरास्ववियू (क्रान्तिकारी)ले छाउपडी प्रथा उन्मूलनका लागि सरकारलाई दवाव दिन सुरु गरेका छन् ।

अनेरास्ववियूका अध्यक्ष नविना लामा, नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर र अनेरास्ववियू (क्रान्तिकारी) का अध्यक्ष रन्जित तामाङले सोमबार काठमाडौंमा अन्तरक्रिया कार्यक्रम आयोजना गरी छाउपडी प्रथा उन्मूलनका लागि सरकारलाई निरन्तर दवाव दिने प्रतिवद्धता व्यक्त गरेका हुन् । अनेरास्ववियूका अध्यक्ष नविना लामाले मान्छेको ज्यानै जाने छाउपडी जस्ता प्रथाको अन्त्य गर्न सबैले मिलेर सरकारलाई दवाव दिनुपर्नेमा पनि जोड दिइन् ।

नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले छाउपडी प्रथा अन्त्यका लागि सबैले मिलेर दवाव अभियान संचालन गर्नुपर्ने बताए । उनले मुलुक नयाँ युगमा प्रवेश गरिरहँदा समेत सामाजिक विकृति र विसंगति अझै कायमै रहनु आपत्तिजनक भएको बताए ।

अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष रन्जित तामाङले छाउपडी प्रथा अन्त्यका लागि दवाव अभियान संचालन गर्नु परेको स्पष्ट पारे । प्रदेश नम्बर ६ र ७ मा विद्यमान रहेको छाउपडी प्रथा अन्त्यका लागि प्रमुख विद्यार्थी संगठनहरुले सम्बन्धित निकायलाई दवाव दिने भएका हुन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);