छाउपडी अन्त्य गर्न पाठ्यसामग्री माग | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

छाउपडी अन्त्य गर्न पाठ्यसामग्री माग

chaupadi pratha

काठमाडौं,२५ माघ । प्रमुख तीन विद्यार्थी संगठनले प्रदेश ६ र ७ मा छाउपडी प्रथाविरुद्ध जनचेतनासम्बन्धी सामग्री पाठ्यक्रममै व्यवस्था गर्न माग गरेका छन् । ‘हरेक वर्ष कैयौं महिलाको ज्यान लिने छाउपडी कुप्रथाविरुद्ध जनचेतना अभिवृद्धि गर्न,’ बुधबार जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश ६ र ७ मा छुट्टै पाठ्यक्रममा राखी अध्ययन अध्यापन गराउने वातावरण बनाउन सरकारसित जोडदार माग गर्छौं ।’

एमाले निकट अनेरास्ववियुकी अध्यक्ष नविना लामा, कांग्रेस निकट नेविसंघका अध्यक्ष नैनसिंह महर र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले संयुक्त विज्ञप्ति जारी गरेका हुन् । पश्चिमका विभिन्न जिल्ला तथा गाउँघरमा छाउपडीको विषयमा स्थलगत अवलोकन, अन्तक्र्रियासमेत गरेपछि विद्यार्थी संगठनले यस्तो माग राखिएको जनाएका छन् । उनीहरूले मापदण्डविपरीत मेडिकल शिक्षामा भएको मनपरीतन्त्र र चर्को शुल्क असुली रोक्नसमेत माग गरेका छन् । आजको कान्तिपुर दैनिकमा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);