पिउने पानीको अभावमा उदयपुरगढी होमस्टे संचालनमा कठिनाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पिउने पानीको अभावमा उदयपुरगढी होमस्टे संचालनमा कठिनाई

गोपाल पोखरेल
उदयपुर, २१ मंसिर । पिउने पानीको अभावले उदयपुर जिल्लाकै पहिलो उदयपुरगढी गाउँपालिकामा संचालित उदयपुरगढी होमस्टे संचालनमा कठिनाई हुँदै गएको छ । करिब तीन बर्ष अघि स्थानीय महिलाले संचालिन गरेको होमस्टेमा आउने पाहुनाका लागि आवश्यक पर्ने पिउने पानीको अभाव भएपछि होमेस्टे नै संकटमा पर्न अवस्था आएको हो ।

उदयपुरको पुरानो सदरमुकाम रहेको उदयपुरगढी आउने आन्तरिक तथा वाह्य पर्यटकलाई लक्षित गरी तीन वर्ष अघिबाट यहाँ होमस्टे संचालनमा छ । स्थानीय महिलाहरुको अगुवाईमा अहिले यहाँ करीव आधा दर्जन परिवारले होमेस्टे संचालन गर्दै आएका छन् ।

तर, पिउने पानीको भरपर्दो व्यवस्था नहुँदा पाहुनाको बसाई व्यवस्थित र लामो बनाउन नसकिएको होमस्टे संचालक वताउँछन् । उदयपुरगढीमा बर्षौदेखि पिउने पानीको समस्या छ । करिब २० किलोमिटर टाढाको मुहानबाट ल्याएको पानीले स्थानीयलाई पुग्दैन । पाइपलाइनबाट ल्याएको पानी पिउन मात्रै पनि नपुग्ने स्थानीयहरुको गुनासो छ ।

यहाँको होमस्टेमा करिव ३० जना पर्यटकलाई सेवा सुविधा दिन सक्ने क्षमता छ । स्थानीय महिलाहरुले उत्पादित गुन्दुक, कोदोको डिँढो, मकै, भटमास, लोकल कुखुरा र खसीले मासुले पाहुनालाई स्वागत गर्ने गर्दछन् ।

तर, नुहाउने र लुगा धुने वेला पर्याप्त पानी नहुँदा हप्ता दिनको बसाइका लागि आएका पाहुना दुई दिनमै विदा हुने अवस्था छ । बिजुली विस्तार र नेपालटारदेखि उदयपुरगढी सम्मको सडकको स्तरोन्नती गर्न नसक्दा पनि होमस्टे संचालन गर्न समस्या भईरहेको अर्का होमस्टे व्यवसायी बताउँछन् ।

उदयपुरगढी सेन वशंका राजाले राज्य गरेको ऐतिहासिक स्थल हुनका साथै नेपाल सरकारबाट पर्यटकीय क्षेत्र घोषणा भएको ठाउँ पनि हो । ऐतिहासिक र सामरिक महत्व बोकेको गढी भएकोले बर्षेनी मुलुकका विभिन्न भागबाट यहाँ अध्ययन अनुसन्धान गर्नेहरुका साथै पर्यटकहरु कहिले काँही घुईचो समेत लाग्ने गरेको छ ।

बाह्य र आन्तरिक पर्यटकका लागि बास व्यवस्थित गर्न उदयपुरगढीका महिलाले होमस्टे संचालन गरेको भएपनि खानेपानी, बिजुली र सडकका कारण व्यवस्थित हुन सकेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);