कृष्णनगरको झाडापखाला प्रभावित क्षेत्रको पिउने पानीमा दिसामा पाइने जिवाणु भेटियो | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

कृष्णनगरको झाडापखाला प्रभावित क्षेत्रको पिउने पानीमा दिसामा पाइने जिवाणु भेटियो

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाको पिउने पानीमा दिसामा पाइने जीवाणु कोपलफर्म र इकोली फेला परेको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार प्रभावित क्षेत्रको पानी परीक्षण गर्दा दिसामा पाइने जीवाणु फेला परेको हो ।

कार्यालयका हेल्थ असिस्टेन्ट उमेशचन्द्र घिमिरेले प्रभावित क्षेत्रबाट संकलन गरेको पानीको नमुनामा कोलिफर्म भेटिएको न्युज कारखानासँग बताए । कार्यालयले नेपाल खानेपानी संस्थान बहादुरगन्ज शाखाबाट वितरण गरिएको धारा, ४० फिटभन्दा माथि गाडेका चापाकल र सय फिटभन्दा कममा गाडेको कलको पानीबाट नमूना लिएको थियो । सय फिटमा गाडेको कलमा भने जीवाणु फेला परेको छैन ।

संकलित नमूना बाणगंगास्थित प्रदेश स्तरीय प्रयोगशालामार्फत संघीय प्रयोगशाला बुटवलमा परीक्षण गरिएको हो । समुदायदेखि चार नमूना संकलन गरिएको थियो । ल्याबले दिएको जानकारीअनुसार अत्याधिक मात्रा कोलिफर्म र दिसामा पाइने जीवाणु फेला परेको जानकारी आएको घिमिरेले बताए । रिपोर्टको पूर्ण विवरण बिहीबार साँझसम्म आउने स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयले प्रभावित क्षेत्रबाट संकलन गरेको दिसाको नमूना परीक्षणको रिर्पोट पनि बिहीवार रातीसम्म आउने जनाएको छ । झाडापखालाबाट कृष्णनगरमा मंगलबार दुई जनाले ज्यान गुमाएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);