भारतमा पेट्रोल वर्षकै सबैभन्दा सस्तो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भारतमा पेट्रोल वर्षकै सबैभन्दा सस्तो

petrol oli

काठमाडौं, ११ पुस । भारतको राजधानी नयाँ दिल्लीमा पेट्रोल सन् २०१८ को सबैभन्दा सस्तो भएको छ । सोमवार त्यहाँ प्रतिलिटर पेट्रोल ७० रुपयाभन्दा तल किनबेच भएको छ । जनवरीयता पहिलो पटक मूल्य यो स्तरमा आएको हो ।

सोमवार एक लिटर पेट्रोलको लागि दिल्लीबासीहरुले ६९ रुपया ८६ पैसा तिर्नु परेको छ । आइतवार भने पेट्रोलको मूल्य ७० रुपया ७ पैसा रहेको इण्डियन आयल कर्पोरेशनको वेबसाइटले देखाएको छ । यस अघि सन् २०१८ को जनवरीमा ४ पनि त्यहाँ पेट्रोलको भाउ प्रतिलिटर ६९ रुपया ९७ पैसा थियो ।

चेन्नई, कोलकता, मुम्बई लगायत अन्य प्रमुख शहरहरुमा पनि पेट्रोको भाउ वर्षकै न्यून विन्दुमा आएको छ । दिल्ली, चेन्नई, कोलकता र मुम्बईमा डिजेलको भाउ पनि घटेको छ । अन्तरराष्ट्रिय बजारमा अत्यधिक आपूर्तिको चिन्ताबीच कच्चा तेलको भाउ घटेपछि भारतमा पनि पेट्रोलियम पदार्थ सस्तिएको हो । एजेन्सी

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);