औद्योगिक क्षेत्रको भाडा वृद्धि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

औद्योगिक क्षेत्रको भाडा वृद्धि

audhogik kshetra

काठमाडौं, ११ पुस । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले चालू आर्थिक वर्षदेखि लागू हुने गरी औद्योगिक क्षेत्रको भाडा बढाएको छ । औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन नियमावली अनुरूप देशभरका १० ओटै औद्योगिक क्षेत्रको भाडा बढाइएको सो निकायले जानकारी दिएको छ ।

मुलुकमा बालाजु, पाटन, भक्तपुर, हेटौंडा, धरान, राजविराज, पोखरा, बुटवल, नेपालगञ्ज र वीरेन्द्रनगर गरी १० औद्योगिक क्षेत्र छन् । अहिले न्यूनतम भाडा वार्षिक प्रतिरोपनी ६ हजार ६ सय १२ रुपैयाँ (राजविराज) मा र अधिकतम १६ हजार ५ सय ६० रुपैयाँ (बालाजु) मा छ । अब भाडा बढेपछि न्यूनतम राजविराजको १० हजार ८ सय र अधिकतम बालाजुको ८१ हजार रुपैयाँ पुग्छ ।

लामो समयसम्म भाडा वृद्धि नगरिएको र यसअघि सम्बद्ध सबै निकायसँगको छलफलपछि भाडा बढाउने निर्णय गरिएको कार्यालयका सूचना अधिकारी भोजराज बिडारीले जानकारी दिए । औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन नियमावली, अनुसार ५/५ वर्षमा भाडादर पुनरावलोकन गर्ने व्यवस्था छ । सञ्चालक समितिले भाडा महशुल तथा शुल्क सुझाव समितिको सुझावका आधारमा पुनरावलोकन गरी भाडा बढाउनु पर्दछ । सोहीअनुरूप उद्योगीसँग छलफल गरी २/२ वर्षमा भाडा बढाउने सहमति भएकोले यस पटक भाडा वृद्धि गरिएको उनले जानकारी दिए । यो समाचार आजको अभियान दैनिकमा छ ।

तर, उद्योगीले भने एकै पटक ठूलो मात्रामा रकम बढाउँदा उद्योग सञ्चालनमा समस्या हुने प्रतिक्रिया दिएका छन् । हालै आएको सामाजिक सुरक्षा ऐन लगायतले उद्योगीमाथि आर्थिक भार थपेको अवस्थामा वृद्धि गरिएको भाडाले थप समस्या सृजना हुने पाटन औद्यौगिक क्षेत्रका उद्योगी तथा सुप्रिम इन्डस्ट्रिजका प्रबन्धक सरोज भुसालले बताए । ‘समयानुकूल भाडा बढाउनु स्वाभाविक होला । तर, अहिले सामाजिक सुरक्षा ऐन लगायतका प्रावधानले उद्योगीलाई थप आर्थिक दबाब परेको छ । यसले फेरि अर्को दबाब थप्छ,’उनले भने ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);