भ्रष्टाचार मुद्दामा अख्तियारलाई धेरै असफलता | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

भ्रष्टाचार मुद्दामा अख्तियारलाई धेरै असफलता

akhtiyar-rastrapati

काठमाडौं, १० पुस । विभिन्न किमिसका भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३२.१८ प्रतिशत असफलता पाएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

विशेष अदालतमा दायर भएका मुद्दामध्ये गत वर्षको फैसलाअनुसार ६७.८२ प्रतिशतमा मात्र आयोगको दाबीअनुसार सजाय भएको छ, अन्य मुद्दामा आरोपीले सफाइ पाएका छन् ।

आयोगले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको २८औँ प्रतिवेदनअनुसार गत वर्ष १ सय ७४ भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट फैसला भएको थियो ।

जसमध्ये ६८ मुद्दामा विशेषको फैसलाउपर सर्वोच्चमा पुनरावेदन गरिएको आयोगका प्रवक्ता रामेश्वर दंगालले बताए । पछिल्ला वर्ष भ्रष्टाचार मुद्दामा अदालतबाट असफलता बढ्दै गएको आयोगका अधिकारीहरू बताउँछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);