माओवादी केन्द्रका सर्लाही –४ का उम्मेदवार शिवपुजन रायको उम्मेदवारी रद्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

काठमाण्डौँ, ११ मंसिर । निर्वाचन आयोगले सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ४ का माओवादी केन्द्रका उमेदवार शिवपुजन रायको उम्मेदवारी रद्द गरेको छ ।

आयोगले रायले कुटनीतिक राहदानी सच्याएर हेरफेर गरी अनधिकृत मानिस विदेश पठाइ भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट सजाय पाएकाले रायको उम्मेदवारी बदर गरिएको बताएको छ । पहिलो संविधानसभामा सदस्य रहेका राय कुटनीतिक राहदानीको दुरुपयोग गरेको अभियोगमा विशेष अदालतबाट सजाय पाएका व्यक्ति हुन् ।

विशेष अदालतले २०७२ सालको साउन २६ गते कुटनीतिक राहदानी सच्याएर हेरफेर गरी अनाधिकृत मानिस विदेश पठाई भ्रष्टाचार गरेको फौजदारी अभियोगमा रायलाई ४ महिना कैद र १५ हजार जरिवानाको फैसला गरेको थियो । उक्त मुद्दा अहिले सर्वोच्चमा विचाराधीन छ । रायविरुद्ध सर्लाही–४ का स्वतन्त्र उम्मेदवार गणेशकुमार सिंहले जिल्लामा र अर्का स्वतन्त्र उम्मेदवार अनिलकुमार सिंहले कात्तिक १९ गते आयोगमा निवेदन दर्ता गराएका थिए ।

पहिलो संविधानसभामा सर्लाही–६ मा संघीय समाजवादी फोरमका तर्फबाट निर्वाचित राय दोस्रो संविधानसभामा तराई मधेस सदभावना पार्टीबाट उम्मेदवार भई पराजित भएका थिए । माओवादी केन्द्रका रायको उम्मेदवारी बदर भएसँगै सर्लाही–४ मा नेपाली कांग्रेसका अमरेशकुमार सिंह र राजपाका राकेश मिश्रलाई सजिलो भएको छ । आयोगले यसअघि भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सजाय पाएका कांग्रेस नेता गोविन्दराज जोशीको उम्मेदवारी खारेज गरेको थियो ।

 

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);