नेकपा बैठकमा सरकारको बचाउ | ईमाउण्टेन समाचार

Our Network

भदौ २१ २०८३, सोमबार

नेकपा बैठकमा सरकारको बचाउ

nekapa baithak

काठमाडौं, ७ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समितिको बैठकमा शुक्रबार बोल्ने अधिकांश नेताले सरकारको बचाउ गरेका छन्। रक्षामन्त्री ईश्वर पोखरेल, श्रममन्त्री गोकर्ण बिष्ट, महासचिव विष्णु पौडेलसमेत सुवास नेम्बाङ र छविलाल विश्वकर्माले सरकारका कामकारबाहीको बचाउ गरेका हुन्।

बैठकमा मणि थापा, अमिक शेरचन र नारायणकाजी श्रेष्ठले भने अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन अपूरो भएको टिप्पणी गरे। उनीहरुले प्रतिवेदन पुनर्लेखन गर्न सुझाव दिएका थिए। उनीहरुले सरकारले गरेका राम्रा कामको बुँदागत जानकारी बैठकमा दिन माग गरे।

गत शनिबार सुरु बैठकमा अध्यक्षका तर्फबाट पेस भएको राजनीतिक प्रतिवेदन र नेता वामदेव गौतमको फरक मतमा छलफल चलिरहेको छ। स्थायी समितिका ४५ सदस्यमध्ये ४१ जनाले आफ्नो विचार राखिसकेका छन्। बाँकीमध्ये नेता माधव नेपाल र झलनाथ खनालले शनिबार बोल्ने तय भएको छ भने अध्यक्षद्वय ओली र दाहालले आइतबार आफ्ना धारणा राख्नेछन्।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।