हिन्दु राष्ट्र नचाहनेहरुले पार्टी फुटाए : अध्यक्ष थापा | ईमाउण्टेन समाचार

Our Network

माघ १६ २०८१, बुधवार

हिन्दु राष्ट्र नचाहनेहरुले पार्टी फुटाए : अध्यक्ष थापा

काठमाण्डौँ, १२ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाललाई हिन्दु राष्ट्र बन्न नदिने शक्तिले पार्टी विभाजन गराएको आरोप लगाएका छन् ।

 

उपत्यकास्तरीय कार्यकर्ता भेलालाई सोमबार सम्बोधन गर्दे अध्यक्ष थापाले नेपालमा आफ्नो अनुकूलको गठबन्धन निर्माण गर्ने र त्यो गठबन्धनको बलमा आफ्नो प्रभाव स्थापित गर्न चाहने शक्ति नै पार्टी विभाजनको कारक बनेको बताए । पार्टी एकिकरणको भेलमा केही विकृति पनि पार्टी भित्र छिरेको उल्लेख गर्दै उनले त्यही विकृत अवसरवादी तत्वले पार्टी विभाजनलाई मूर्त रुप प्रदान गरेको बताए ।

 

आगामी मंसिरमा हुन लागेको संसद र प्रदेशको चुनाव विचारलाई स्थापित गराउने र अप्रत्यासित रुपमा प्रहार हुन आउने तरबारको सामना गर्नुपर्ने चुनौतिका कारण पनि महत्वपुर्ण भएको भन्दै संगठीत भएर अघि बढ्न कार्यकर्तालाई निर्देशन दिए ।

 

उनले परिर्वतित राजनीतिक परिवेशमा आईपर्न सक्ने सबै प्रकारका समस्यासंग जुध्न सक्ने गरी तयारी अवस्थामा रहन पनि कार्यकर्तालाई निर्देशन दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);