फेरी नयाँ शक्तिका तीन केन्द्रीय सदस्यद्वारा राजिनामा | ईमाउण्टेन समाचार

Our Network

भदौ १३ २०८३, आइतबार

काठमाडौं, १३ भदौ । नयाँशक्ति पार्टी नेपालका तीन जना केन्द्रीय परिषद सदस्यले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्। नयाँशक्ति पार्टीबाट राजीनामा गर्नेहरुमा केन्द्रीय परिषद सदस्य टेकमान राई, गोवापासाङ भोटे र चितुभोटे शेर्पा रहेका छन् । राजीनामा दिने तीनै जना संखुवासभा जिल्लाका हुन।

 

पार्टी संयोजक डा.  बाबुराम भट्टराईलाई सम्बोधन गर्दै बुझाएको राजीनामा पत्रमा उनीहरुले सबै जिम्मेवारीबाट हट्दै साधारण सदस्यसमेत त्यागेको घोषणा गरेका छन्।

 

उनीहरुले पार्टीमा वैचारिक विचलन आएको र नेतृत्वले वामपन्थी धु्रविकरण गर्नुपर्ने समयमा दक्षिणपन्थी शक्तिसँग हातेमालो गरेकाले पार्टी परित्याग गरेको राजीनामा पत्रमा उल्लेख गरेका छन।