संसदमा राप्रपा विभाजनको चर्चा, सत्तारुढ दलकै प्रयासमा विभाजन भएको आरोप | ईमाउण्टेन समाचार

Our Network

माघ १५ २०८१, मंगलबार

काठमाडौँ, १२ भदौ । व्यवस्थापिका–संसद्को आजको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीको विभाजनको विषयले चर्चा पाएको छ ।

 

व्यवस्थापिका संसद्को आजको दोस्रो बैठकमा सभामुखसँग समय लिएर बोल्दै राप्रपाका सांसद दिलनाथ गिरीले आफ्नो पार्टीको विभाजन योजनाबद्ध तवरले गरिएको आरोप लगाएका हुन् ।

 

सत्तारुढ दलकै प्रयासमा राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजन गरिएको आरोप लगाउँदै उनले नयाँ दल दर्ताका लागि संसद् र केन्द्रीय समितिमा ४० प्रतिशत पुर्याउनुपर्नेमा त्यसो नगरिएको र हचुवाको भरमा निर्वाचन आयोगले समेत दल दर्ता गरिदिएको बताए ।

 

उनले आफ्नो धारणा राखिरहँदा नयाँ दल दर्ता गराएका राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातान्त्रिक०का सांसदहरुले नियमापत्ति गरेका थिए ।

 

एक फरक प्रसंगमा सांसद गिरीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा अमर्यादित गतिविधि भएको भन्दै आपत्ति समेत जनाए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);