छाती रोगबाट क्यान्सर हुन सक्छ, जाडोमा यसरी बचाउँनु होस् (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

मंसिर १२ २०८१, बुधवार

छाती रोगबाट क्यान्सर हुन सक्छ, जाडोमा यसरी बचाउँनु होस् (भिडियोसहित)

chhati roga

काठमाडौं, ५ पुस । पछिल्लो समयमा काठमाण्डौँको धुलो र धुवाँले गर्दा छाती सम्बन्धी विभिन्न समस्याबाट ग्रसित भएर अस्पताल धाउनेको सङ्ख्या बढ्दो छ । वायु समस्याले तत्काल ठुलो समस्या नदेखिएता पनि दिर्घ कालमा यस्को रोगीहरु बढ्ने सम्भावना धेरै छ । धुलो र धुवाँले नेपालमा सबैभन्दा बढि दम,खोकी, बोकाईटी, निमोनिया, क्षयरोग र फोक्सोको क्यान्सर ईत्यादि हुन् । छातीको रोग लाग्दा सुतेको बेला खोक्दा खेरी ख्यार् ख्यार् हुने, खोकी लाग्ने, हिड्दा श्वास फुल्ने जस्ता हुन्छन् । त्यस्तै,सुख्खा  खोकी लागिरहन्छ । बस्दा पनि छाती दुख्ने र श्वास फेर्न गार्हो भए जस्तो हुने गर्दछ । यस बाहेकका ब्याक्टेरिया र भाईरल इन्फेक्सनले छाती रोग लाग्ने समस्या बढ्दो मात्रामा छ ।

चुलोमा खाना पकाउँदा वायोग्यास यक्पोजर भई छातीलाई खराब गर्छ । काठमाण्डौँको धुलो र धुवाँ पनि एउटा कारण हो । त्यस माथि नेपालीहरु चुरोट बढि सेवन गर्दछन् । यसरी चुरोट खाँदा खाने मान्छेलाई भन्दा त्यसको धुवाँले सुघ्ने मान्छेलाई बढि हानी गर्दछ । यसले दमको रोग निम्त्याउँछ । पहिले दम र त्यसपछि निमोनिया लाग्दछ । गिट्टी कुट्ने र धुलोमा काम गर्नेलाई ईन्ट्रेट्रीयल लङ्ग् रोग लाग्छ । यो रोग लाग्दा छातीमा जालो जस्तो हुन्छन् ।

जाडो मौसम शुरु भए संगै मानिसमा बिभिन्न रोगले च्याप्ने सम्भावना पनि उत्तिकै रहन्छ । विशेष गरी यति बेला दम, निमोनिया, छाती र हाड जोर्नी रोगहरुले च्याप्ने सम्भावना एकदमै प्रबल रहने गर्दछ । छातीमा विशेष गरी यो जाडो सिजनमा के-कस्ता संक्रमण हुन्छ ? छाती सम्बन्धी रोगहरु विशेष गरी के-कस्ता हुन्छन् ? छाती सम्बन्धी केन्द्रीत रहेर ईत्यादि बारे थप जानकारीका लागि हाम्रा माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता बिनिता के.सि.ले छाती रोग विशेषज्ञ डाक्टर अशेष ढुँगाना संग गरेकाे भिडियाे हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);