अमेरिकाले सिगरेटमा निकोटिनको मात्रा घटाउने  | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

अमेरिकाले सिगरेटमा निकोटिनको मात्रा घटाउने 

न्युयोर्क।अमेरिकाले सिगरेटमा निकोटिनलाई ‘गैरकूलत’ तहमा घटाउने नयाँ नीति घोषणा गर्ने तयारी गरेको छ ।  यसका लागि  सरकार उत्पादकहरूसँग छलफल गरिरहेकाे छ। चुरोटमा  सरकारको कदमले सुर्ती उद्योगलाई ठूलो धक्का पुग्ने अनुमान गरिएको छ । यो नीति सफल भएमा यसै शताब्दीको अन्त्यसम्ममा लाखौं जीवन बचाउन सकिने र  यसले भविष्यलाई एउटा आकार दिनेछ, जहाँ चुरोट अब लत र दुर्बल रोगहरूको लागि जिम्मेवार हुनेछैन्।

निकोटिन यस्तो रसायन हो, जसले लाखौंलाई सुर्तीजन्य उत्पादनहरूमा जोड्छ । सुर्तिजन्य पदार्थमा हुने अन्य हजारौँ रसायन र यसको धुवाँले क्यान्सर, मुटुरोग, मस्तिष्कघात, फोक्सोको रोग, मधुमेहलगायतका रोगहरू निम्त्याउने गर्छ ।यद्यपि युरोपको तुलनामा अमेरिकामा धुम्रपान कम प्रचलित र घट्दै गए पनि रोग नियन्त्रण र रोकथाम केन्द्र (सीडीसी) का अनुसार यो देशमा प्रति वर्ष ४ लाख ८० हजार मृत्युमा जिम्मेवार छ। सीडीसीको तथ्यांकअनुसार सबै अमेरिकी वयस्कहरूको लगभग १३ दशमलब ७ प्रतिशतले चुरोट पिउँछन्। चुरोटमा  निकोटिनको मात्रा घटाउने सबाल अमेरिकी अधिकारीहरूबीच वर्षौंदेखि चर्चाको विषय बनेको छ।

सीडीसीका अनुसार धुम्रपानको कुल आर्थिक लागत प्रति वर्ष ३ सय अर्ब डलरभन्दा बढी छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);