बुटवलमा ट्राफिक र पार्किङ व्यवस्थापन चुनौतिपूर्ण बन्दै | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

बुटवलमा ट्राफिक र पार्किङ व्यवस्थापन चुनौतिपूर्ण बन्दै

बिमल पुरी

रुपन्देही, ४ पुस । प्रदेश–५ को राजधानी बुटवलमा ट्राफिक व्यवस्थापन र पार्किङ्ग व्यवस्थापन चुनौतिपूर्ण बन्दै गएको छ । पछिल्ला दिनमा बुटवलमा लामो समयसम्म ट्राफिक जाम र जथाभावी रुपमा गरिने पार्किङ्गले गर्दा प्रदेशको राजधानी अस्तव्यस्त बन्दै गएको हो ।

केही समय यता यहाँ लामो समयसम्म ट्राफिक जाम हुने गरेको छ । पछिल्लो समयको जामले केन्द्रिय राजधानी काठमाडांै कै झल्लो दिने गरेको छ । पाल्पाको चुनढुङ्गा खानीबाट आउने टिप्पर, सडक वाईपास नहुनु, राजधानी बनेपछि भिआईपीहरुको आवागमन, अस्तव्यस्त रुपमा गरिने पार्किङ्ग, रुपन्देहीको बढ्दो जनसंख्या पुरानै सडक पूर्वाधार, जथाभावी रुपमा चल्ने इ–रेक्सा र पुर्व पश्चिम चल्ने लामो तथा छोटो दुरीका सवारी साधनहरुको चाँपको करणले गर्दा ट्राफिक जाम हुन गएको ट्राफिक व्यवस्थापन कार्यालयका प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकी बताउँछन् ।

अफिस पिक आवरमा बुटवलको मुख्य सडक मिलनचोक, हस्पिटल लाईन, पुष्पलाल पार्क, ट्राफिक चोक, बसपार्क, नेपालगञ्ज रोड, तिनाउपुल क्षेत्र लगायत ठाँउहरुमा सहज, सरल र समयमै यात्रा गर्ने कुरा सपना जस्तै बन्दै गएको छ ।

मुल सडकको दोब्बर जाम र समस्या भित्री सडकहरु कालिकानगर तीनकुने हुँदै बसपार्क सडक, हस्पिटल लाईनका साना सडकहरु, भुड्की चोक देखि सुख्खानगर सम्मको सडक, हाटबजार क्षेत्रमा रहेको छ ।

अनियन्त्रित रुपमा चल्ने ई–रेक्सा, पार्किङ्गको अभाव, बढ्दो सवारी चापले गर्दा यहाँ सहज सवारी आवगमन त परै जाओस सहज पदैल यात्रा गर्न पनि कठिन भएको छ ।

त्यस्तै, ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरीले चेन लक, स्पिड ब्रेकर, हर्न निषेधित क्षेत्र निर्धारण, सवारी टायम कार्ड लगायतका कार्यक्रमहरु सञ्चालन गरेको छ ।

यातयात व्यवस्था कार्यालय, बुटवलमा अघिल्लो आर्थिक वर्षमा मात्रै ७७ हजार ३ सय ५० नयाँ सवारी दर्ता भएका थिए । यसैगरी प्रत्येक वर्ष यहाँ नयाँ सवारी साधन थपिँदै गएका छन् । जसका कारण बुटवलमा ट्राफिक र पार्किङ्ग व्यवस्थापन चुनौतिपूर्ण बन्दै गएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);