काठमाडौं, ४ पुस । पछिल्लो समय स्क्रप टाइफस भन्ने रोग नेपालमा व्यापक रुपमा हुने गरेको छ। यसबाट धेरै मानिस सँक्रमित देखिएका छन् । यो रोग लागेर चितवनमा ३ जनाको मृत्यु भैसकेका छन् भने ७६ जना मानिसमा सँक्रमित देखिएको छ । जापानको दोश्रो विश्व युद्द भएपछि त्यतिबेला त्यहाँको सैनिकमा यो रोग देखा परेको थियो । र, अहिले नेपालमा पनि यसको प्रकोप दिनानु बढ्दो अवस्थामा छ ।
स्क्रप टाइफस एक प्रकारको सरुवा रोग हो । यो ओरन्सिया, सुशिनमुन्सि नामक जिवाणुले हुने गर्छ । शुक्ष्म किरा माईक प्रजातीमा पाईने लामो चरणको प्रोओम भिक्युलिट वाहकले यो रोग सर्छ । यो रोगको जिवाणु सबैभन्दा पहिले जापानबाट पत्ता लगाएको हो । पछिल्लो तथ्याङ् अनुसार यस रोगबाट ज्यान घुमाउनेको सङ्ख्या आठ पुगेको छ । त्यसैले यस रोगलाई जरैबाट निकाल्न तथा यसाबाट बच्न जरुरी छ ।
स्क्रप टाइफस रोग भनेको के हो ? यो कसरी लाग्दछ? कसरी सर्दछ ? कस्ता व्यक्तिमा यसको असर चाँडै देखापर्दछ ? यो रोग हुन नदिन के-के गर्नु पर्छ र के-के कुरालाई बढि ध्यान दिनु पर्छ ? ईत्यादि बारे थप जानकारीका लागि हाम्रा माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता बिनिता के.सि.ले मेडिकल अधिकृत, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल डाक्टर शेर बहादुर पुन संग गरेकाे भिडियाे हेर्नुहोस्: